सुदिन लामा
३ फाल्गुण २०७४

भक्तपुर । विश्वको आग्लो चुचुरो सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङतानलाई आर्थिक सहयोग गर्ने उद्देश्यले भक्तपुरमा बृहत ल्होछार साँस्कृतिक धमाका २०७४ हुने भएको छ । सुर्यविनायक स्थित अजिमा पार्र्टी प्यालेसमा फागुन २६ गते शनिबार बिहान १० बजेबाट बृहत साँस्कृतिक धमाका कार्यक्रमको आयोजना गरिएको आयोजकले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।
विश्व शान्तिको अग्रदुत भगवान गौतम बुद्ध नेपालमा जन्मोका हुन् भन्ने सन्देश बिश्व सामु फाइलाउन लागि परेकी स्याङतानलाई सहयोग गर्न यो धमाका आयोजना गरिएको थोकर फिल्मस् प्रा.लि.का अध्यक्ष विकु थोकरले जानकारी गराएका छन् ।
धमाका कार्यक्रममा तामाङ समुदायका राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको विशेष प्रस्तुति रहने कार्यक्रमका संयोजक समेत रहेका थोकले बताए ।
‘विश्व समुदाय माझ नेपालीको गौरभ गौतम बुद्ध नेपालमै जन्मेको हो भनेर प्रचार गर्नका लागि तामाङ समुदायकी दोस्री सगरमाथा आरोही बन्न लाग्नुभएको छ ।’ थोकरले भने, ‘उहाँ र आफ्नो समुदायको गौरभका लागि पनि आफुहरुले उहाँको सहयोगार्थ आर्थिक संकलन साथै भाईचारा एवं आत्मीयता बाँड्न कार्यक्रम गर्न लागेको हौं ।’
कार्यक्रमलाई प्रभावकारी बनाउन प्रचार प्रसार संयोजक सुदिन दोङ, आर्थिक संयोजक सुनिता लुङ्वा, कलाकार संयोजक विशाल काल्तान, कार्यक्रम ब्यवस्थापन कुमार स्याङ्वा र स्वयम सेवक संयोजक सरोज लामालाई तोकिएको छ ।

Comments

comments