चलचित्र ‘मायासे लासी -३’ को च्यारिटी सो ५ गते बनेपाको मयूर हलमा

काभ्रे । तामाङ कथानक चलचित्रको क्षेत्रमा अलग धार र शसक्त धारको रुपमा निर्माण भएको ‘मायासे लासी ३’ को विशेष च्यारिटी सो काभ्रेको बनेपामा रहेको मयूर चलचित्र हलमा हुने भएको छ । यस अघि मायासे लासी १ र २ अपार सफलता पछि निर्माण गरिएको यस मायासे लासी ३ तामाङ कथानक चलचित्रको च्यारिटी सो फाल्गुण ५ गते हुने निर्माण संस्था ह्याङला को म्हेन्दो मिडिया हाउस र सक्सेस फिल्म प्रालिले जानकारी दिएको छ ।
मायासे लासी १ र २ भन्दा फरक विषयवस्तुमा निर्माण भएको यस चलचित्रमा १० वर्षे जनयुद्ध र राज्यको तर्फबाट भएको विभिन्न घट्नाक्रमहरुलाई देखाउन खोजिएको छ । मुलुकमा भएको परिवर्तनले युवाहरुलाई नछोएको बरु विदेशिन बाध्य बनाएको कुरा समेत दर्शाएको छ । समाजमा विद्यमान सामन्तवादी कुरीतिका कारण विद्रोह भएको उल्लेख गर्दै त्यस विद्रहले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको उल्लेख गर्न खोजिएको छ ।
अन्य चालचित्र भन्दा फरक विषयवस्तुमा रहेका कारण दर्शकहरुमाझ सर्वाधिक चर्चा समेत बटुल्न थालेको छ । सक्सेस फिल्मस् प्रालिको ब्यानरमा बनेको तामाङ कथानक चलचित्र मायासे लासी ३ मा मुस्कान वाईबाको प्रस्तुती रहेको छ भने निर्माता भगवती मोक्तान र सह निर्माता माईली घिसिङ र निर्माण सहयोगीमा गणेश लामा रहेका छन् । डिबि मोक्तानको पहिलो निर्देशन रहेको यस चलचित्रलाई शंकर महर्जनले द्वन्द निर्देशन गरेका छन् । प्रकाश मोक्तानको कथा तथा पट्कथा रहेकोे यस चलचित्रका कार्यकारी निर्माता भने प्रेम लामा मोक्तान र केशव अधिकारी, रबि कोइरालाले छायांकन गरेको तथा सुनिल मोक्तानको नृत्य निर्देशन रहेको छ ।
यस चलचलित्रमा चर्चित नायक कुमार मोक्तान, नायिका सिता थिङ, विकास तामाङ, मणिक घिसिङ, बुद्ध लामा, चन्द्रलाल दोङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रमा चार गित समाबेश गरिएको छ ,जसमा कुमार श्याङबाको शब्द रहेको छ भने विशाल काल्तानको संगित तथा सन्तोष लामा जितु लोप्चनको आवज रहेको छ ।
काभ्रे ,सिन्धुली, काठमाडौ लगायत विभिन्न रमणीय स्थलहरुमा शुटिङ भएको यस चलचित्रमा तामाङ चलचित्र जगतका सुपरस्टार नायक कुमार मोक्तान, तामाङ चलचित्र जगतका सफल एवं कुशल नायिका सीता लामा, तामाङ चलचित्र जगतकै चर्चित खलनायक बिकाश श्याङ्तान, अमर लामा माइली घिसिङ, बुद्ध लामा, बिजय लामा, अर्जुन लामा गोकुल लामा लगायत चन्द्र लामालाई यस चलचित्रमा प्रमुख पात्रका रुपमा देख्न सकिने छ ।
सक्सेस फिल्मस प्रालिको ब्यानरमा बनेको यस चलचित्रलाई ह्याङ्ला को म्हेन्दो मिडिया हाउसले सहकार्य गरेको छ यो चलचित्र पनि विगतका चलचित्र जस्तै दर्शकको मन जित्न सफल हुने चलचित्र निर्माण पक्षले अपेक्षा गरेका छन् ।

 

Comments

comments