काठमाडौं/निक्कै नै चर्चित र पूरानो ब्याण्ड मंगोलिय हर्टले हालै नयाँ म्युजिक भिडियो ‘एक जोडी नयन’ बजारमा ल्याएका छ । यो भिडियो एल्बम यस व्याण्डको ‘भोलुम सेभेन’ को रुपमा जार्वजनिक भएको हो । यस भिडियो ‘भ्यालेनटाइन डे’ को अवसर पारेर बुधबार रिलिज गरिएको हो ।
सुरेन लिम्बुको शब्द रहेको ‘एक जोडी नयन’ मा चर्चित गायक राजु लामाको स्वर तथा संगीत रहेको छ भने फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ ।


छेवाङ लामाले निर्देशन, सन्जित श्रेष्ठको क्यामेरा र बिक्रम अधिकारीको सम्पादन रहेको यस म्युजिक भिडियो ललितपुरको खोकना आसपासका छेत्रमा खिचिएको हो । भिडियोमा यस ब्याण्डका सदस्यहरु बबी लामा र किरण नगरकोटिका साथमा अरुणा योञ्जनको अभिनय हेर्न सकिन्छ ।
यस अघि ६ वटा एल्बमहरु बजारमा ल्याइसकेको २५ बर्ष पुरानो ब्याण्ड ‘मंगोलियन हर्टका भोकलिस्ट राजु लामा अमेरिका बस्दै आए पनि समय समयमा नेपाल आएर प्रोग्राम गर्ने गर्दै छन् भने नेपालबाट गीतारिस्ट एबम म्यानेजर बबी लामाले ब्याण्डका विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आएका छन् । नेपालमा धेरै सांगीतिक ब्याण्डहरु लामो समय सम्म टिक्न नसक्ने भन्ने भनाइलाई असत्य साबित गर्दै ब्याण्डले आगामी बर्ष भब्य कार्यक्रम गरी सिल्भर जुब्ली मनाउने तयारी गरेको म्यानेजर बबी लामाले जानकारी दिएका छन् ।

Comments

comments

SHARE