काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले लिएका विभिन्न निर्णयहरु नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलेले फिर्ता लिने तयारी गरेका छन् । सबैभन्दा पहिला तीन जना राष्ट्रियसभा सदस्यका मनोनयनका लागि गरेको सिफारिस फिर्ता लिने तयारीमा रहेका छन् ।
नयाँ सरकार गठन भएसँगै तीन जनाको मनोनयनको सिफारिस ओली नेतृत्वको सरकारले गर्ने एमालेका एक नेताले बताए । उनका अनुसार वाम गठबन्धनले सहमति गरेर उपयुक्त नाम सरकारले सिफारिस गर्ने तयारी भएको छ । यसअघिको सिफारिस फिर्ता लिइने समेत उनले स्पष्ट पारे ।

देउवाले गरेको सिफारिस राष्ट्रपति कार्यालयमा थन्किएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना मनोनित गर्ने संविधानअनुसार देउवाले सिफारिस गरेका थिए । देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेकोमा परामर्श गर्नुपर्ने भन्दै राष्ट्रपति कार्यालयले शीतलनिवासमा थन्क्याएको थियो ।
यसैगरि देउबा नेतृत्वको सरकारले गरेका विभिनन निर्णयहरु समेत फिर्ता लिने तरखरमा रहेको स्रोतले बताएको छ ।

Comments

comments

SHARE