जबरजस्ती करणी गर्ने ढुंगेल पक्राउ

राजकुमार गोले
५ फाल्गुण २०७४

काभ्रे÷जिल्लाको नमोबुद्ध नगरपालिका स्थित भकुण्डेबेशीमा रहेको एक साःमिलमा दाउरा किन्न गएकी एक युवती अपहरण पछि बलात्कृत भएकी छिन् ।
काभ्रेको नमोबुद्ध नगरपालिका ९ की २१ वर्षिया युवतीले आफु अपहरण पछि बलात्कृत भएको भन्दै बुधवार जिल्ला प्रहरी कार्यालय धुलिखेलमा किटानी जाहेरी दिइएकी छिन ।

मंलबार बेलुकी ६ बजे रोनिका तामाङ(नाम परिवर्तन) ले मुख्य बजार भकुण्डेमा रहेका एक सःमिलमा दाउरा किन्न गएकी २१ बर्षिया तामाङलाई सःमिलमा काम गर्ने एक युवकले बलात्कार गरेको उजुरी परेको छ । दाउरा किन गएको युवतीलाई दैलेख स्थाई घर भएका चामुण्डा नगरपालिका २ का २२ बर्षिय बम बहादुर बिष्टले दाउरा लिएर फर्किदै गर्दा खोलाको नजिकै जबजस्ती बलात्कार गर्ने प्रयास गर्दा गर्दै आफूले प्रतिकार गरेको यूवतीले बताईन् । आफू रुवाबासी गर्दै भाग्ने क्रममा विष्टले मुखमा रुमालले मुख थुन्दै पनौंती पु¥याई पटक पटक बलात्कार गरेको यूवतीले बयान दिएकी छन् । जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँडमा काम गर्ने एक प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हामीले दुबैको रगत मार्फत स्वास्थ्य परिक्षण गरेका छौँ युवतीको यौन अंग सुनिएको र घाउ भएकाले डाक्टरको सल्लाह बमोजिम काठमाण्डौँ स्थित प्रसुति गृह थापाथली अस्पतालमा थप उपचारका लागि पठाईएका छौं ।’ मेडिकल रिपोर्ट आउँन एक हाप्त लाग्ने भएकाले आरोपित विष्टलाई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख ए.सपी. सहकुलबहादुर थापाले मुद्दा दायर गरेको र थप अनुसन्धान भइरहेको बताए । ‘युवतीले आफुलाई बलात्कृत पछि अपहरण भएको जाहेरी दिएकी हुन् हामीले जाहेरी परेपछि मुद्दा चलाएका छौँ ।’ एस.पी. थापाले भने– ‘म्याद थप गरिएको छ युवकले अपहरण गरेको स्वीकार गरेकोले स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि मात्रै सबै जानकारी दिन मिल्छ ।’

यसरी अपहरण पछि बलात्कार गरेको दाबी
आफु माथि अपहरण पछि बलात्कार गरिएको भन्दै युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुधबार किटानी जाहेरी दिएकी छिन् । पीडित तामाङले भक्कानिदै भनिन् – ‘म पहिला दाउरा लिन जाँदा ‘दाउरा छैन काँचो छ एकै छिन पख’ भन्दै कुरायो पछि दाउरा दिएर पठाउँदा साँझ परिसकेको थियो । म सधंै सोहि सःमिलमा दाउरा लिन जान्थेँ, उसले अचानक दाउराको भारी पल्टाएर मुखमा छोपेर घिसार्दै मलाई खोला छेऊ पु¥यायो । अनि मुख थुनेर जबर्जस्ती बलात्कार गर्न प्रयास ग¥यो, त्यस पछि प्रतिकार गर्दै भाग्न खोज्दा मुख थुनेर राती नै बिष्टले भकुण्डेबाट बनेपा आउँदै गरेको तरकारी गाडीमा राखेर पनौतीको ज्यालापाटी भन्ने ठाउँमा पु¥यायो, राति मलाई खेतमा लगेर पटक–पटक बलात्कार गरे ।’
विष्टले आफूलाई उस्को आफन्तकामा लगेर राखेको यूवतीले बताईन् । केहि दिन अघि मात्रै देखि सो सःमिलमा काम गर्न बिष्टले आफुलाई बलात्कार गरिसकेपछि प्रलोभन र अरुले थाहा पाउँछन् भनेर धम्क्याएको समेत पीडित तामाङले जाहेरीमा उल्लेख गरेकी छिन् । घटना लगत्तै मंगलबार परिवारबाट छोरी गायब भएपछि परिवारले खोजि गरेका थिए । भोलिपल्ट परिवारसँग सम्पर्क हुँदा पीडित तामाङले आफु बलात्कार भएको कुरा आफन्तलाई भनेपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । सो लगत्तै पीडितलाई पनौतीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले आरोपीलाई पनि बुधबार बिहान नियन्त्रणमा लिएको छ ।

यसरी उद्धार गरे अपहरणमा परेको युवतीको: प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापा
मंगलवार राती युवतीलाई भकुण्डेबेसीबाट तरकारी बोक्ने गाडीमा अपहरण गरेको भन्ने प्रहरीमा आफन्तले खबर गरे । खबर गरे लगातै जिल्लाभरिका प्रहरीलाई खबर गरे । खोज्ने क्रम जारी रह्यो । खोज्दै जाँदा प्रहरीले बुधवार बिहान अपहरणमा परेका युवतीको दाजुको सहयोगमा पनौतीबाट प्रहरीले पिडित युवतीको उद्धार गरेको हो । फेला परे लगतै युवकलाई पक्राउ गरी थुनामा राखेका छौँ । युवतीले बयानमा जाहेरी दिदै आफु अपहरणपछि बलात्कृत भएको जाहेरी परेको छ । हामीले थप अनुसन्धानका लागि म्याद थप गरी मुद्धा चलाएका छौँ । बिष्टमाथी थप अनुसन्धान भई रहेको छ । घटनाबारे स्वास्थ्य परिक्षणको रिपोर्टपछि मात्रै भन्न मिल्छ ।