राजकुमार गोले


काभ्रे÷शिक्षा क्षेत्रमा राज्यको ठुलो लगानी छ । राज्यको लगानी मुख्य रुपमा माध्यामिक तहसम्मको निःशुल्क शिक्षा क्षेत्रमा बढी लगानी छ । तर काभ्रे जिल्लासँग जोडिएको सिन्धुली जिल्लाको विकट घ्याङलेक गाउँपालिकाका बालबालिकाका लागि सरकारी लगानी औचित्यहिन बनेको छ । जस्ताको टहरा, त्यो पनि भत्किएको छ । बस्नलाई चिसो ढुंगा बाहेक केही छैन । तैपनि स–साना नानीहरुमा कखरा सिक्ने भोक मारेको छैन । सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ वगरटोलस्थित माटोखानी बाल ज्योति प्राथामिक विद्यालयको दर्दनक अवस्था हो यो । जहाँ बालबालिका पाँच वर्षदेखि ९ वर्षका ३३ जना बालबालिकले पढ्छन् । चिसोका कारण अहिले खोला बगरको ढुंगामा बसेर पढ्न विवश छन् अधिकांश दलित समुदायका बालबालिकाहरु ।

बगरमाथिको कक्षा कोठामा चिसोसँग लुकामरी खेल्द
सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका–५, साविक शान्तिश्वरी गाविस वडा नं. ३ बगरटोलका दलित बालबालिका खोलाको बगरमा ढुंगामाथि बसेर जाडोमा खोलाको चिसो सिरेटोसँगै पढिरहेका छन् । जिल्लाको विकट सो ठाउँका बालबालिका नजिक अरु विद्यालय नभएपछि बाध्य भएर त्यसरी पढ्न बाध्य भएका हुन् ।
त्यहाँका ३५ घरधुरी रहेको बस्तिमा अधिकांश दलित बस्तिका बालबालिका त्यसरी खुल्ला बगरको ढुंगामाथि बसेर बढ्दै आएको ७ बर्ष वितेको शिक्षिका बर्षा विकले बताईन् । ‘हाम्रो यो दलित बस्ति रहेको बगरटोल नजिकै अरु विद्यालय नभएको र भएको विद्यालयमा जान एक घण्टाको बाटो हिडेर जानुपरेका कारण यहाँका अभिभावकहरुले सानो टहरा बनाएर माटोखानी बालज्योती विद्यालय स्थापना गरी सञ्चालन गरेका हौं ।’ विकले भनिन् ।

दिनको तिन घण्टा मात्र पढाई
दिनको ३ घण्टा मात्र पढाई हुने सो विद्यालयमा ३३ जना दलित बालबालिकाहरुले अध्ययन गर्दै आईरहेका छन् । त्यहाँ अध्ययन गर्ने बालबालिकाहरु घरबाट आधा घण्टाको बाटो हिडेर दिनभरि बगरको विद्यालयमा माटो, धुलो र खोलाको स्याँठको मुकाविला गर्दै पढ्दै आईरहेका छन् ।

मासिक २५ सयमा पढाउँदै वर्षा
मासिक २ हजार ५ सयमा पढाउँदै आएकी शिक्षिका बर्षा विकले भनिन् ‘यहाँका पीछडिएका समुदायको बालबालिकाको भविश्यको सहयोग गरौं भन्ने उद्धेश्यले थोरै रकममा पनि साँढे दूई बर्षदेखि पढाउँदै आईरहेकी छु ।’ ‘घाम लाग्दा चर्को, धुलोमा खेल्दा गाह्रो हुन्छ’ उनले भनिन्, विद्यालय बनाउने संस्था भयो भने राम्रो हुन्थ्यो ।’ ‘पानी गर्दा भिजेर बस्नुपर्ने, घाम लाग्दा उकुस मुकस हुने तर हावा चल्दा कठ्यांग्रीएर बस्नु पर्ने बाध्यताले कहिले काही त बालबालिकाहरु विरामी भएर घर फर्कन्छन् ।’ शिक्षिका बर्षाले भनिन्, मैले गरेर हुन्छ भने गरौन भनेर नै यस्तै ठाउँमा पढाउँदै आईरहेकी छु ।’
नजिक भनेको विद्यालय रामपुर माविमा बालबालिकाहरु हिडेर जान आधा घण्टादेखि १ घण्टा लाग्ने शिक्षिाका विक बताउछिन् ।
‘विद्यालयमा पढ्नका लागि बालबालिकाहरुलाई अभिभावकले कापी र कलम किनेर पठाउँछन्, वेलुका घर फर्कदा धुलोमैलो बनाएर आउँछन् ।’ अभिभवक रुपेश विकले भने । उनका अनुसार साविक गाविस हुँदा विद्यालयको लागि बार्षिक ४० हजार छुट्याएको थियो । त्यही बाट शिक्षकलाई तलव खुवाउने र विद्यालयको लागि जस्ता र अन्य शैक्षिक सामग्री किन्न खर्च गथ्र्यो । त्यसरी पढ्दै आएका बालबालिकाहरुका लागि न त जिल्ला शिक्षा कार्यालयले नै देख्यो न त अन्य सरोकारवाला निकायले नै ?
स्रोत केन्द्रका स्रोतब्यक्तिलाई समस्या सुनाउँदा पनि सम्भव छैन भनेर पन्छिने गरेको अभिभावकहरु बताउँछन् । धेरै समय पछि विद्यालयकै लागि भनेर यसै आर्थिक बर्षमा वडा कार्यालयबाट एक लाख रुपैयाँ बजेट छुट्याउने निर्णय गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष संसर सिं घिसिङले यस अघि जिल्ला शिक्षा कार्यालयबाट कही सहयोग दिएको भएपनि पछिल्लो समयमा बालबालिकाको संख्या नपुगेको भनेर सहयोग गर्न नै छाडेको बताए । घिसिङले भने ‘बालबबच्चाहरु सानो–सानो हुने अरु विद्यालयमा पनि गएर पढ्न नसक्नेहरु भएको कारण जिल्ला शिक्षा कार्यालयले हेर्न छोडे पनि हामी अभिभावकहरु मिलेर जेनतेन चलाईरहेका छौं ।’ पछिल्लो अवस्थामा राहत पाएको दूई बण्डल जस्ताले अलिअलि बेरेर जसोतसो गरी विद्यालय चलाईरहेको उनको भनाई छ ।

सो वडाका वडा अध्यक्ष विष्णु कुमार कर्माचार्यले बालबालिकाको समस्यालाई बुझेर वडाबाट बजेट छुट्याएको बताए । ‘हामीले केहीमात्रमा सहयोग पुगोस् भनेर यसपालि म वडा अध्यक्ष भएपछि एक लाख बजेट छुट्याएको छु ।’ कर्माचार्यले भने, ‘हामीले अगाडिदेखि पनि हेर्दै आएका हौं, दलित बस्ति छ, शिक्षा कार्यालयले पनि बालबालिकाको संख्या नपुगेको भनेर रामपुर माविसंग मर्ज गरेको सुनेको छु, त्यसैले पनि केही सहयोग नपाएको हुनसक्छ ।’
‘हाम्रो मात्रै पहलले त्यहाँको ब्यवस्थापन गर्न सकिरहेका छैनौं, अरु संघ÷संस्थाले पनि सहयोग गरे राम्रो हुन्थ्यो ।’ उनले भने ।

विद्यालय निरक्षिक बराल भन्छन : विद्यालय शिक्षा कार्यालयमा स्वीकृत भएको छैन
त्यसरी सञ्चालनमा रहेको विद्यालय शिक्षा कार्यालयले भने स्वीकृत नभएको जनाएको छ । सिन्धुली जिल्लाको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक नवराज बरालले सो विद्यालय शिक्षा कार्यालयबाट स्वीकृत नै नभएको बताए । ‘त्यो नामको विद्यालय हाम्रो शिक्षा कार्यालयमा नै स्वीकृत छैन, त्यसबारेमा आवश्यकताको आधारमा के रहेछ बुझेर प्रक्रिया अगाडि बढाउन पहल गर्छु ।’ बरालका अनुसार शिक्षाबाट स्वीकृत नलिएकोले पिउन, पाठ्पुस्तक र मसलन्द खर्च जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराउन नसकीएको हो ।

सरकारले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहोस् भनेर नीति सहित विद्यालयमा स्वागत कार्यक्रम ल्याउने देखि दलित, अल्प संख्यक र पिछडिएका समुदायका बालबालिकाहरुलाई भत्ता सहित दिने गरेका छन् । तर यहाँका विद्यालय र बालबालिकाले भने त्यो सुविधा पाउनत के सुन्न समेत नपाएको अभिभावकहरुको गुनासो छ ।
विद्यालयकी शिक्षिका वर्षा विकले स्थानियहरुबाट उठाएको २ हजार मासिक तलव लिने गरेकी छिन् । ‘मौसम हेरेर विद्यार्थी पढ्न बोलाउने गरेकी छु’ शिक्षिका वर्षा विकले भनिन्, ‘बस्न डेस्क बेञ्च केही छैन । त्यसैले ढुङ्गामाथि राखेर पढाउने गरेका छौं ।’ नजिकै अर्को विद्यालय नभएपछि स्थानीयबासीको पहलमा स्कुल सञ्चालनमा ल्याइएको थियो ।
तर, यो विद्यालयलाई विद्यालयको आकार दिन न स्थानीय सरकारले पहल गरेको छ न केन्द्र सरकारले । ‘नजिक भनिएको रामपुर माविमा पुग्न २ घण्टा लाग्छ’ सरकारी निकायको कुनै पनि सहयोग आउन नसकेको स्थानीय रामबहादुर विकले भने, ‘त्यसैले स्कुल खोल्यौं तर, हेर्नु पर्ने निकायले नहेर्दा यो अवस्था छ ।’

 

Comments

comments