पार्टी एक तर सिंहदरबारमा संगै भएनन् पूर्व एमाले र पूर्व माओवादी

कामाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान टू वान’ वार्ता सकिएको छ । पार्टी एकता र सरकार बिस्तारबारे छलफल गर्न ओली र प्रचण्डबीच आईतबार गोप्य वार्ता भएको हो ।

भक्तपुरको ठिमीस्थित मेडिकल व्यवसायी दुर्गा प्रसाइको घरमा भएको वार्तामा एकताकालागि नमिलेका विषयमा सहमती खोज्न ‘वान टु वान’ वार्तालाई निरन्तरता दिने सहमती भएको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको नेताहरुले बताएका छन् ।

पार्टी एकतापछि माक्र्सवाद–लेनिनवादलाई एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनेमा दवै दल सहमत भएका छन् । आफुले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) लाई एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनु पर्ने एमालेले अडान राखेपछि एकतामा अन्यौलता थपिएको हो ।

Comments

comments