काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिले अघिल्लो सरकार र वर्तमान सरकारलाई फरक व्यबहार गरेको आरोप लगाएको छ ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेताहरुले राष्ट्रियसभा सदस्य सिफारिसको विषयमा राष्ट्रपतिले देउवा र ओली सरकारलाई फरक ब्यवहार गरेको बताएका हुन् । देउवा सरकारले गरेको सिफारिस कार्यान्वयनमा राष्ट्रपतिले गरेको ढिलाइप्रति कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाए । ‘एउटा सरकारलाई एउटा चश्माले हेर्ने,’ उनले भने, ‘अर्को सरकारलाई अर्को चश्माले हेर्ने खालको सन्देश गएको हो कि भन्ने हाम्रो ठहर छ ।’

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा तीन सदस्य सिफारिसमा कांग्रेसको आपत्ति रहेको भन्दै शर्माले सरकार र राष्ट्रपतिको कदम राम्रो नभएको बताए । मुख्य प्रतिपक्षसँगै सरकार गम्भीर र जिम्मेवार हुनु पर्ने भन्दै उनले प्रधानमन्त्री कसरी अगाडि बढ्रछन भन्ने ओलीको सुरुवाती निर्षयले प्रष्ट पार्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले आफूलाई कसरी अगाडि बढाउन चाहनुहुन्छ भन्ने सुरुवातमा उहाँले लिने निर्णयहरुबाट झल्किन्छ भन्ने हाम्रो ठहर छ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्द गर्दै केपी ओली सरकारले मंगलबार सिफारिस गरेको तीन सदस्यको नाम राष्ट्रपति विद्या भण्डारीले स्वीकार गरेर राष्ट्रिय सदस्यमा मनोनित गरेकी छन् ।

Comments

comments

SHARE