भक्तपुर । नगरमाताका रुपमा आफुहरु निस्पक्ष रुपमा काम गर्न आफुहरु लागि पर्ने भक्तपुर जिल्लाका उपमेयरहरुले बताउनुभएको छ ।

समाजवाद अध्ययन केन्द्र भक्तपुरको आयोजनामा अन्तराष्ट्रिय न्यायिक दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै थिमी नगरपालिकाकी उपमेयर अन्जना मधिकर्मी , सुर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत र चाँगुनारायण नगरपालिकाकी उपमेयर विना बास्तोलाले आफुहरु आमाले सन्तानलाई गरेको न्याय जस्तै सवैमा न्याय गर्न प्रतिवद्द भएको बताउनुभएको हो ।

समाजवाद अध्ययन केन्द्र भक्तपुरले भक्तपुरका उपमेयहरुलाई न्यायिक समानताकालागि संविधानले गरेको ब्यवस्था पुर्ण गर्न अग्रसर्ताका लागि सांकेतिक सन्देश स्वारुप न्यायको तराजु लगायतका सामग्री हस्तान्तरण गरेको छ ।

भक्तपुर बार एसोसियसनको सभाहलमा भएको उक्त कार्यक्रममा समाजवाद अध्ययन केन्द्रले उपमेयरहरुलाई तराजु लगाएतका समाग्री न्याय प्रदायकका आँखा बन्द हुन्छन् र समान न्यायमा यसले साथ दिने संकेत गर्दै आफ्नो आँखामा पट्टी लगाएका न्याय मुत्र्तिहरुमार्फत उक्त समाग्री हस्तान्तरण गरिएको थियो ।
नयाँ संविधान अन्र्तगत न्यायिक निकायका प्रमुखका रुपमा रहनु भएका उपमेयरहरुलाई समानतापुर्वक न्याय गर्न अभिप्रेरित गर्दै समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले भक्तपुरका चारै उपमेयरहरुलाई न्यायको तराजु लगायतका सामग्री हस्तान्तरण गरेको समाजवाद अध्ययन केन्द्रका सचिव रोसन तिमिल्सेनाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्ला अदालतका प्रमुख न्याधिस भोजराज शर्माले स्थानिय स्वायक्त सासन ऐन अन्र्तगत उपमेयरहरु केवल नामका मात्र न्यायिक जिम्मेवर नभएका कारण विषेस ध्यान पुर्वक आफ्नो जिम्मेवारी बहन गर्न अग्रसर रहनु पर्ने वताउनुभयो ।

उहाँले अदालत वाट मात्र न्याय नभईकन विभिन्न किसिमका न्यायका लागि स्थानिय निकाय नै स्वयमले अर्ध न्यायिक निकायका रुपमा काम गर्नु पर्ने संविधान त भएका कारण यसमा सवै उपप्रमुखहरु जिम्मेवार हुनु पर्ने अवस्था आएको बताउनुभयो ।
यस्तै कार्यक्रमको विषयमा प्रकास पार्दैै संस्थाका अध्यक्ष दुर्गा फुयाँलले समाजवाद अध्ययन केन्द्रले विश्व न्यायिक दिवसका अवसरमा जिम्मेवार उपमेयहरुलाई न्यायको तुलो र सामग्री प्रदान गर्नु उहाँहरुको जिम्मेवारी बहन तथा कर्तव्य बोध गराउने एक संकेतका रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा कानुन आयोगका पुर्व अध्यक्ष बावुराजा जोशी ,पत्रकार महांसघ भक्तपुरका सभापती पुस्कर वुढाथाकी समाजवाद अध्ययन केन्द्रका पदाधिकारीहरु , जिल्लाका वरिष्ठ अधिवक्ताहरु लगाएतकाको उपस्थिती रहेको थियो ।

Comments

comments

SHARE