काभ्रेका रिमाल लागु औषध सहित पक्राउ

भक्तपुर

खाजासंगै घुस पनि खाएपछि भूमिसुधार कार्यालय, भक्तपुरका एक शाखा अधिकृत रंगेहात पक्राउ परेका छन । शाखा अधिकृत चुडामणि चापागाईंलाइ अख्तियारको बिशेष टोलीले रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीबाट ४ लाख घुस लिँदालिँदै उनी सोमबार पक्राउ परेका हुन् । कोटेश्वर बस्दै आएका चापागाई शिखर खाजा घरमा खाजा खान निस्केका थिए । सेवाग्राहीसंग खाजा संगै घुसको स्वाद लिने उनको सपना भने पूरा भएन । उनलाई अख्तियारले फन्दामा पारिहाल्यो । सोमबार सरकारले दिएको सार्वजनिक बिदामा चापागाँइले घुँस खाने साइत मिलाएका थिए । उनले पैसा पचाउन भने पाएनन् । बेलुकी ४:३० बजे उनलाइ अख्तियारले समातिहाल्यो ।

चापागाईले मोही र तलसिङको बिबाद रहेको एक जग्गामा ४ लाख दिए सबै मिलाइदिने भदै सेवाग्राही संग लेनदेन मिलाएका थिए । अख्तियारको सेटिङ मिलाएर आएका सेवाग्रहीसंग घुस लिदालिदै चापागाइलाई अख्तियारको बिशेष टोलीले च्याप्पै समातेको हो । यसबारे थप अनुसन्धान अगाडी बढाएको अख्तियारले बताएको छ ।