मोरङ । जिल्लाको उर्लाबारी -२ स्थित नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलको हलमा तम्बा, डम्फू साथै टुङ्ना वादन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । जिल्ल्ला तथा नगर घेदुङद्वारा आयोजित कार्यक्रममा तम्बा सङ्घ नेपालको केन्द्रीय अध्यक्ष धावा वाङ्गेल मोक्तान साथै केन्द्रीय सचिव खोजराज गोलेले प्रशिक्षण दिएका थिए ।
सोहीक्रममा अध्यक्ष मोक्तानले तम्बाको अर्थ र महत्त्व साथै डम्फू र टुङ्ना वादन सम्बन्धी प्रशिक्षण दिएका थिए । मोक्तानले सगुनको महङ्खव, सगुन छ्योत साथै चरतम् (चारदाम)को विधि सम्बन्धी कुराहरू राखेका थिए । मोक्तानले डम्फू बजाउने, गाउने साथै नाच्ने कला सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थीहरूले डम्फू बजाउँदै गीत गाउन र नाच्न सिकेका थिए । कार्यक्रममा स्वाँगेभाइ मिच्ने तथा अन्तरजातीय विवाह गर्ने सम्बन्धमा प्रश्नोत्तर समेत भएको थियो । 

त्यस्तैगरी सचिव खोजराज गोलेले भने तामाङ, बोन, तम्बा साथै ह्रुर्इको बारेमा स्पष्ट पारेका थिए । गोलेले, तामाङ हुन ह्रुर्इ चाहिने साथै ह्रुर्इ भएपछि ह्रुर्इगी फो ल मान्नुपर्ने बताए 

 

। बोन र लामाका बीचमा तम्बाले विशेष भूमिका खेल्दै आएको साथै तम्बा अन्य कुनै पनि समुदायमा नभएको समेत जनाए । सोहीक्रममा तम्बाले गाउने गीत, तामाङ समाजमा नारीको भूमिका अनि गीतले सम्बोधन गर्नुपर्ने विषयहरूबारे धारणा राखेका थिए । 


दिलबहादुर पाख्रिनले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि भने महेन्द्रजङ्ग तामाङ (अध्यक्ष- अन्तर्राष्ट्रिय तामाङ परिषद्) रहेका थिए । भाषासँगै तम्बा संस्कृति हराउँदै जानेक्रम बढेकोले

 तम्बा सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रमहरू गर्दै जाने जनाएको छ । उक्त प्रयोजनका लागि गजेन्द्र बोम्जनको संयोजकत्वमा सल्लाहकार समितिसहितको एक तदर्थ समिति समेत गठन गरेको छ । समितिले तम्बा सम्बन्धी आवश्यक गतिविधिहरू सञ्चालन गर्दै जाने संयोजक बोम्जनले जनाएका छन् ।

 

Comments

comments