सिन्धुली/तामाङ समुदायको साँस्कृतिक पर्व २८५४ खि ल्हाेछारकाे अवसर तथा अन्तर्राष्ट्रिय मात्रृभाषा दिवसको सन्दर्भमा सिन्धुलीमाडीमा तामाङ भाषामा कविता प्रतियाेगिता गरिएको छ ।

नेपाल तामाङ घेदुङ केन्द्रीय भाषा तथा साहित्य विभागकाे संयाेजन प्राङ्बोला छार न्हान सिन्धुलीको अायाेजनामा फागन ९ गते प्रतियाेगिता भएको हाे । प्रतियाेगिताकाे उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि कमलामाई नगरपालिकाका मेयर खड्का खत्रीले भाषा समुदायको पहिचान भए जस्तै विविध माैलिक पहिचान रास्ट्रीय भएकोले यसकाे संरक्षण गर्नु पर्नेमा जाेड दिनुभयाे । नेपाल तामाङ घेदुङ भाषा साहित्य विभाग प्रमुख एवम् प्राङबाेला छार न्हान सिन्धुलीका अध्यक्ष काजीमान थिङकाे अध्यक्षतामा भएको प्रतियाेगितामा सिन्धुली, रामेछाप, सर्लाही, राैत्तहट लगायतबाट तामाङ श्रष्टहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतियाेगितामा मरिण गाउँपालिका-३, सिन्धुलीका रुपक “जमरा” ग्लान प्रथम, मरिण गाउँपालिका-५ का कृष्णराज थिङ दाेश्राे, सुनपाति गाउँपालिका-२ रामेछापका साेनाम ग्याबकद तेस्रो र घ्याङलेक-४ सिन्धुलीका रुपेश माेक्तान सान्त्वना भएका छन् ।

Comments

comments