नेकपामा नेपाल समूहको चेतावनीः ‘सिफारिस नसच्याए समानान्तर कमिटी’

 

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आजै मन्त्री मण्डल विस्तार गर्ने तयारीमा रहेपनि मन्त्री मण्डलको विस्तार आज नहुने भएको छ । केन्द्र सरकारमा कुन कुन मन्त्रालय र कतिजना मन्त्री राख्ने भन्ने कुरा टुङ्ग्याउन नसकेपछि आजका लागि मन्त्री मण्डल विस्तारको कार्यक्रम स्थगित भएको हो ।

एमाले–माओवादी केन्द्रले पाउने मन्त्रालयको टुङ्गो लगाउन प्रम ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विहान वार्ता भएको थियो । आजै बाँडफाँट टुङ्ग्याएर मन्त्री मण्डल विस्तार गर्ने र साँझसम्म नयाँ मन्त्रीहरुको शपथग्रण गराउने योजनामा रहेका थिए प्रधानमन्त्री ओली ।

तर मन्त्रालय बाँडफाँटका लागि भएको वार्तामा कतिवटा मन्त्रालय बनाउने भन्ने कुरा उठ्यो र मन्त्रालय निर्धारणमा समय लाग्ने भएपछि बैठक बाँडफाँटमा प्रवेश गर्नै सकेन । संविधानले २५ जनासम्म मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ। तर, ओली–प्रचण्ड १८ को संख्यामा नबढाई मन्त्री मण्डल विस्तार गर्ने योजनामा छन् ।

Comments

comments