१० फागुन, सिरहा । सिरहा जिल्लाको लहान नगरपालिका स्थित शहीद चोकको ब्यस्त बजारमा प्रेसर कुकुर बम बिस्फोट हुँदा एकजना गम्भिर घाईते भएका छन् ।

प्रहरीका अनुसार बम बिस्फोटबाट अनिल अग्रवाल गम्भीर घाइते भएका छन् । घाइते अग्रवालको छातीमा चोट लागेको छ । लहानखको शहीद चोकमा रहेको शुभलक्ष्मी स्टोर अगाडि बोरामा बेरेर राखेको बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश चन्दले जानकारी दिए ।

बम कसले र किन राखेको भन्ने खुलेको छैन । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको बताएको छ । चौबिसै घन्टा सुरक्षाकर्मीको गस्ती हुने र प्रहरी ड्युटी बस्ने स्थानमै बिस्फोट भएकोले स्थानीय त्रसित बनेका छन् ।

करिब दुई महिना अगाडि पनि शहीद चोकको अग्रवालको साइकल स्टोरमा शक्तिशाली बम बिस्फोट भएको थियो । ब्यबसायीलाई लक्षित गरेर निरन्तर बिस्फोटका घटना भएपछि ब्यापारीहरु आतङ्िकत भएका छन् ।

Comments

comments

SHARE