काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

माओवादीबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, मात्रिका यादव, बिना मगर र अमनलाल मोदीको मन्त्री हुने भएको स्रोतले जानकारी दिए । यी मध्ये मगर र मोदी पहिलो पटक मन्त्री हुँदैछन् भने अन्य पाँच जना पहिला मन्त्री भइसकेका छन् ।

यसअघि जनार्दन शर्मा, अग्निप्रसाद सापकोटा पनि मन्त्री हुनेमा चर्चा थियो । उनीहरूलार्इ प्रचण्डले अाफु प्रधानमन्त्री हुँदा मन्त्री बनाउने अाश्वासन दिएका छन् ।

Comments

comments

SHARE