(हात्तीपाइले रोग निवारणका लागि यसको जोखिम रहेका २४ जिल्लामा सरकारले आजदेखि औषधि खुवाउँदैछ । पाँचथर, इलाम, झापा, भोजपुर लगायत २४ जिल्लाका ९१ लाख ५४ हजार मानिसलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

राष्ट्रिय आम औषधि सेवन कार्यक्रम मार्फत ती जिल्लामा तीन दिनसम्म औषधि खुवाइने महाशाखाका निर्देशक डा। भीम आचार्यले बताउनुभयो । औषधि सेवन गरेको केही समयपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने जस्ता समस्या आउन आए औषधिले काम गरेको भन्ने बुझ्नुपर्ने डा। शेरबहादुर पुनको भनाई छ ।

कार्यक्रमका लागि ८ हजार ५ सय ५७ स्वास्थ्यकर्मी र ४४ हजार ५ सय २४ स्वयंसेवक परिचालन गरिने महाशाखाले जनाएको छ । औषधि खुवाउन सरकारले ३८ करोड ३५ लाख २१ हजार रकम बिनियोजन गरेको छ । संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोइकाईबाट सर्ने हात्तीपाइले रोगबाट ३० हजार बढी मानिसमा अपाङ्गता भएका छन् । आज छुटेकाहरुलाई भोलि र पर्सी सम्ममा औषधि खुवाइने महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। विवेककुमार लालले बताउनुभयो । सन् २०२० सम्ममा हात्तीपाइले रोगको निवारण गर्ने सरकारी लक्ष्य छ ।

 

Comments

comments

SHARE