१३ फाल्गुण सुर्खेत/नेपाल कम्युनिष्ट पार्टी (विप्लब)ले सुर्खेतका स्थानीय जनप्रतिनिधीहरुलाई तुरुन्त राजीनामा दिन आग्रह गरेको छ । जिल्लाको सबै स्थानीय तहका प्रमुख र उपप्रमुखको नामम पत्र लेख्दै उक्त पार्टीले जनप्रतिनिधिले राजीनामा नदिए भौतिक कार्वाही समेत गर्ने धम्की दिएको छ ।

उक्त धम्कीपूर्ण पत्रले स्थानीय जनप्रतिनिधि त्रसित बनेका छन् । जनप्रतिनिधिहरुलाई संसदीय चुनावमा सहभागि नहुन नेकपाले गरेको अनुरोध उलंघन गरेको भन्दै अबका दिनमा राजीनामा नदिए कार्वाही गर्ने चेतावनी पत्रमा छ ।

Comments

comments

SHARE