सिरियाका एक बालकको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले एक भिडियो मार्फत विश्वभरका मानिसहरुलाई जाग्न आव्हान गरेका छन् । उनले भनेका छन्,‘हामीसँग भगवान् मात्र छन् । अब त जाग अरबका देशहरु । दिनहुँ हामी हाम्रो परिवारका सदस्यहरु गुमाइरहेका छौ ।’

‘उनले थप्दै भनेका छन्,‘चुप लागेर बसेका देशहरु आँखा खोल । हामीले प्रत्येक दिन परिवार र मानिसहरु गुमाउनु परेको छ । हामीसँग भगवान् मात्र छन् । विश्वका सबै देशहरुले यो सन्देश प्राप्त गरुन् ।’

उनले सबैलाई प्रश्न गर्दै भनेका छन्, ‘के हामी आतंककारी हौ । के दिनहुँ मरेका बालबालिका आतंककारी हुन् ।’ पछिल्लो समय अमेरिका, रसिया र सिरियाले गरेको आक्रमणमा परी हजारौ बालबालिकाहरुले ज्यान गुमाएका छन् ।

Syrian Child's Message to the World

This 12-year-old Syrian child can't stand the war anymore. Here's his message to you.

Posted by AJ+ on Monday, May 29, 2017

Comments

comments

SHARE