१६ फागुन काठमाडौं– नेपाल टेलिकमले फागुन १७ र १८ गते मनाइने फागु पूर्णिमा ( होली पर्व)को अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ ।

टेलकमका प्रवक्ता प्रतिभा बैद्यद्वारा बुधबार जारी विज्ञप्तिमा जीएसएम मोबाइलका ग्राहकले ‘होली अफर’ उपयोग गर्न सक्ने उल्लेख गरिएको छ । कम्पनीका ग्राहकले आगामी फागुन १७ देखि चैत १ गते सम्म अफर उपभोग गर्न पाउनेछन् ।

अनलिमिटेड भ्वाइस नाइट कल
अफरअन्तर्गत टेलिकमले राति १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ । सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिनसम्म कल गर्न सकिने छ ।

अनलिमिटेड अल टाइम डाटा

त्यसैगरी ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । डाटा खरिद गरेको २४ घण्टा सम्म यसको प्रयोग गर्न सकिन्छ । १ जीबी डाटा थ्रिजी–फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।

अनलिमिटेड नाइट डाटा

एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ । सो नाइट डाटा प्याक १५ रुपैयाँमा राति १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ। त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरेपछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ ।

होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट (१४१५) डायल गर्न सकिने टेलिकमले जनाएको छ।

Comments

comments