१६ फागुन, हेटौंडा । मन्त्रिपरिषद् विस्तारको क्रममा प्रदेश ३ मा ४ मन्त्री थपिएको छ । बुधबार विस्तार गरेको मन्त्रिपरिषदमा एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थपिएका छन् ।

अरुण नेपाल, कैलाश ढुंगेल, दावादोर्जे लामा र युवराज दुलाल मन्त्री बनेका छन् । यससागै मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मन्त्रिपरिषद् सात सदस्यीय बनेको छ ।

एमाले पोलिटव्यूरो सदस्य नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढुंगेल अर्थ तथा योजना मन्त्री बन्दा लामाले कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

माओवादी नेता दुलालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुलालले लामो समय माओवादी अध्यक्ष प्रचण्डको अंगरक्षकका रुपमा काम गरेका थिए ।

Comments

comments