-लोकन्द्र विष्टमगर
ने.क.पा.(मा.के.)भित्रका समस्याहरू:-
१) वैचारिक समस्या:- उत्तर-आधुनिकतावादी अधिभूतवाद,चरम परिवारवाद र सारसंग्रहवाद।
२) दार्शनिक समस्या:- वर्ग समन्वयवाद।
३) राजनीतिक समस्या:- उपभोक्तावादी अस्थिरता र आशंकावाद।
४) आर्थिक समस्या:- अनियन्त्रित अराजकता र अपारदर्शिता।
५) साँस्कृतिक समस्या:- नव-उदारवादी खिचडी पूँजीवादोन्मख।
६) कार्यदिशागत समस्या:- अमूर्त,अस्पष्ट र भ्रमपूर्ण।
७) कार्यशैलीगत समस्या:- व्यक्तिवादी मनोगतवाद र स्वेइच्छाचारिता।
८) सांगठनिक समस्या:-अनन्त तदर्थता,कमाण्डहीनता, आकारहीनता र तरलता।
९) जिम्मेवारीका समस्या:- अनिश्चितकालीन अनिर्णयको वन्दी।
१०) शुध्दीकरणका समस्या:- निर्णय र भाषणमा सीमित, कार्यान्वयन सून्य।
११) मूल्याङ्कनको समस्या:- मूल्याङ्कनहीनता, “गणेश प्रवृत्ति हाई हाई,कुमार प्रवृत्ति बाई बाई”को अवस्था।
१२) पार्टी प्रवेश र निकासको समस्या:- कति आए कति गए हिसाब नै रहन्न।प्रशिक्षण,स्कुलिङ्ग,रूचि,क्षमता/योग्यता,जिम्मेवारी,निरीक्षण,अनुगमन र मूल्याङ्कनको कुरो त हजारौं माइल टाढा छ।
समाधानका प्रयासहरू:- 
१) छलफल कहिल्यै नहुने, भए पनि बिरालो बाँधेर श्राध्द गर्ने शैलीमा सीमित।
२) अन्तरसंघर्ष हुन छोडेको दशक नाघ्यो। उच्चारण पनि नहुने।
३) सल्लाह सुझाव लिने कुरै भएन।किनकि सबै नेताहरू सबै विषयका ज्ञाता भए पछि। अझ शीर्ष नेताहरू।
४) केन्द्रीय सल्लाहकार समिति “डम्पिङ साइड” नै हो। त्यसको केही काम छैन।
मुख्य समस्या:-
यस सवालमा पात्र सहायक र प्रवृत्ति प्रधान हुन्छ। यहाँ यत्ति भनम् व्यक्तिवादी,दक्षिणपन्थी सुधारवादी,संशोधनवादी प्रवृत्ति हावी छ।जसको ओखतीमूलो अहिलेसम्म त्यहाँ(माकेभित्र) छैन।
घुर्की,धम्की,मोलमोलाई:-
कतिपय मित्र/साथीहरूले लोकेन्द्र विष्टको राजीनामा पार्टी र नेतृत्व सामु घुर्की,धम्की र मोलमोलाईका लागि हो भनेर अर्थ्याउने गरेको पाइयो। यो सोह्रै आना होइन। मैले पार्टीमा पद,अवसर र सम्मान नपाएको होइन।आफूले दु:ख कष्ट गरे अनुसार २ पटक सदन र २ पटक सरकार तथा पार्टीभित्र पनि केन्द्रीय समितिको स्थायी समिति र कार्यालय सदस्य रहे/भएकै हो। यो भन्दा धेरै केही पनि खोजेको होइन।तर एक सक्रिय र इमान्दार कम्युनिस्टका नाताले नीति,विधि र प्रक्रियासहितको जिउँदो कम्युनिस्ट पार्टी मात्र खोजेको हो। जो मैले मात्र चाहेर,सद्भाव र कामना गरेर बन्दैन्थ्यो।तैपनि राम्रो पार्टी बनाउन एकल र सामूहिक सबै प्रयास/प्रयत्नहरू लामो समयसम्म गरियो।सम्भव भएन।
मित्र/साथीहरु,म विनम्र अनुरोध गर्दछु, लोकेन्द्र विष्ट त्यस्तो चरित्र प्रवृत्तिको मान्छे होइन। व्यक्तिगत रूपमा मेरो कसैसँग केही लेनदेन छैन।कृपया मेरा उपर कोही कसैबाट त्यसखाले झुट्टा र निराधार आरोप नलगाइयोस्!कि त सरोकारवाला निकाय ठोस प्रमाणसहित आवश्यक कार्यबाहीको प्रक्रियामा अघि बढोस्।म जस्तोसुकै सजाय भोग्न पनि तयार छु।
पार्टी छोड्न पाउने कि नपाउने?
* राजनीतिलाई सही अर्थमा बुझ्ने हो भने यो आजीवनको अनिवार्य पेशा होइन।यो त स्वयंसेवा, समाजसेवा र स्वेच्छिकसेवा हो। यसमा कुनै करकाप र बाध्यता लागू हुँदैन।
* राजनीतिक कर्मीको निजी जीवन पनि हुन्छ।त्यो जीवनको अर्को आयाम हो।उसले त्यहाँ पनि बिचरन गर्न पाउनुपर्छ।प्राकृतिक अधिकार।
* यस बाहेक अन्य आयामहरू पनि होलान्।जो व्यक्ति विशेषमा फरक फरक हुनसक्छन्।सबभन्दा राम्रो र उत्कृष्ट लोकतन्त्र/जनतन्त्र/जनवाद/प्रजातन्त्र दिने भन्ने कम्युनिस्ट पार्टीले आफ्ना जनता,कार्यकर्ता र नेताहरूलाई यत्ति पनि अधिकार दिंदैन!?!
* आफूले एकपटक पद,ठाउँ र अवसरमा पुगेपछि/पाएपछि कुकुरले हड्डी र जुम्राले लाश छोडून्जेल पनि नछोड्ने लज्जास्पद र घृणास्पद सोंच, सँस्कार र शैली किन नछोड्ने? अरुलाई अवसर किन नदिने??
* पार्टी, क्रान्ति र राजनीतिमा व्यक्ति स्वेच्छाले लाग्छ र स्वेच्छाले छोड्छ।यसमा अरूको टाउको दुख्नुपर्ने र ज्वरो आउनुपर्ने कुनै केही कारण रहन्न/रहनुहुन्न।
# आदरणीय शहीद र बेपत्ता योध्दा परिवारहरू तथा घाइते अपाङ्गता प्राप्त योध्दाहरूप्रति सदासर्वदा विनम् रहँदै उच्च सम्मानकासाथ व्यक्तिगत रूपमा सक्ने सहयोग गर्ने हार्दिक प्रतिबध्दता व्यक्त गर्दछु।
# सारा समर्थक,शुभचिन्तक र सह-दौंतरीहरूप्रति अन्तरहृदयदेखि नै अविरल सम्झना र सलाम रहनेछ।
# कुनै पनि क्रान्तिकारी कम्यूनिस्ट पार्टी र तिनका शीर्ष नेतागणप्रति मालेमावादी विचार, दर्शन र ठोस वस्तुको ठोस विश्लेषण/संश्लेषणमा आधारित कार्यदिशा, सोही बमोजिमको रणनीति र कार्यनीति तथा न्यूनतम् र अधिकतम् कार्यक्रमका आधारमा पार्टी र आन्दोलन संगठित गर्नुहुन अनुरोध छ!मेरो साथ,समर्थन र सहयोग त्यतै रहनेछ।

Comments

comments

SHARE