काठमाडौँ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) नुवाकोटको तेस्रो अधिवेशनले शक्तिमाया तामाङलाई अध्यक्षमा चयन गरेको छ । सर्वसम्मत चयन भएको ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा भरत लामा, सचिवमा गमला लामा, कोषाध्यक्षमा राकेश डंगोल चयन भएका छन् ।

शनिबार विदुरमा भएको अधिवेशनबाट करण तामाङ, भगवती लामा, होमबहादुर तामाङ, शर्मिला थापा मगर र प्रताप तामाङ सदस्यमा छानिए ।
अधिवेशनले फोनिजको चैत्र २३ र २४ गते काठमाडौंमा हुने महाधिवेशनको लागि प्रतिनिधिसमेत छनोट गरेको छ । केन्द्रीय प्रतिनिधिमा भरत लामा, उमेश तामाङ र सुवानी तामाङ र प्रदेश प्रतिनिधिमा समीर बलामी, टीकाराम तामाङ (तितुङ) र गमला लामा चयन भएका फोनिज नुवाकोटकी नवनिर्वाचित अध्यक्षमा शक्तिमाया तामाङले जानकारी दिइन् ।
यसैबीच, नुवाकोट जिल्लामा सञ्चालित विभिन्न सञ्चारमाध्यममा कार्यरत तामाङ पत्रकारहरु संगठित भएका छन् ।
जिल्लामा सक्रिय तामाङ पत्रकाहरुको भेलाले शक्तिमाया तामाङको अध्यक्षतामा तामाङ सञ्चार समूह गठन भएको हो । समूहको उपाध्यक्षमा होमबहादुर तामाङ, सचिवमा गमला लामा र कोषाध्यक्षमा प्रताप तामाङ चयन भएका छन् । सदस्यहरुमा भगवती लामा, करण तामाङ, अनुष्का लामा, सुमिता तामाङ र कमला तामाङ रहेका छन् ।

Comments

comments

SHARE