२३ फागुन, काठमाडौं/राष्ट्रपतिको निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू गरेकाे छ । प्रवक्ता नवराज ढकालका अनुसार प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले आचारसंहित लागू गर्ने निर्णय गरेको हो । आगामी २९ फागुनमा नयाँ राष्ट्रिपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि वाम गठबन्धनको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी र कांग्रेसको तर्फबाट लक्ष्मी राईले उम्मेदवारी दिएका छन् ।

कुन–कुन निकायलाई लाग्छ आचारसंहिता ?

(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री,
(ख) प्रदेश सरकार र प्रदेश सरकारको मन्त्री,
(ग) स्थानीय तह,
(घ) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी,
(ङ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
(च) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(छ) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी,
(ज) निर्वाचनको काममा संलग्न कर्मचारी,
(झ) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,
(ञ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
(ट) सार्वजनिक पद धारण गरेको व्यक्ति,
(ठ) पर्यवेक्षक,
(ड) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,
(ढ) निजी तथा गैरसरकारी संस्था,
(ण) नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी ।

Comments

comments

SHARE