अञ्जली तामाङ
फागुन २३, काभ्रे । दिगो विकास सुशासन, र अग्रगमनको आधार, आर्थिक सम्वृद्रिको बहार भन्ने मुल नाराका साथ काभ्रे महोत्सव  आज बाट चैत्र ३ गते सम्म धुलिखेलको रंगशालामा सुरु भएको छ ।
महोत्सवको बुधबार केन्द्र सरकारको उद्योग तथा आपुर्ति मन्त्री मातृका यादवले एक कार्यक्रमका विच उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रतिनिधी सभा १ का सांसद गोकुल बास्कोटा, प्रतिनिधि सभा २ का बमध्वज दोङ, समानुपातिक सांसद नविना लामा लगायत प्रदेशसभाका सांसदहरुको उपस्थिीति रहेको थियो ।
स्थानीय तहमा रहेका आर्थिक विकासका सम्भाव्यता र चुनौती पहिचान गरी आगामी आर्थिक विकासको खाका कोर्नका लागि सम्पुर्ण सरोकारवालाहरm एक जुट भई अघि बढ्नुपर्ने सन्देश दिनको लागी यो महोत्सव हुन लागिएको आयोजकले बताइएको छ । धुलिखेल उद्योग वाणिज्य संघको मुल आयोजना र जिल्ला समन्वय समिति काभ्रे, धुलिखेल नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, क्षेत्रीय होटल संघ काभ्रे , काभ्रे उद्योग वाणिज्य संघ, सेफ एशोसियसन काभ्रेको संयुत आयोजनामा हुन लागिएको हो ।

महोत्सवका मुख्य आकर्षणहरु कृषि, घरेलु सामाग्री, हस्तकला, पर्यटन औद्योगिक उत्पादन, निमार्ण सामाग्री, सुचना प्रविधि लगायत एक सय भन्दा बढी व्यापारिक स्टलहरु राखिनेछ । बालबालिकाहरुको लागी बाल उद्यानको व्यवस्था हुनेछ । र प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकारहरु सम्मिलित विशेष साँस्कृतिक कार्यक्रमहरु र विद्यालय स्तरीय नृत्य प्रतियोगिता पनि हुनेछ ।

Comments

comments

SHARE