२६ फागुन, काभ्रे धुलिखेल/काभ्रे लिल्ला मुवा थाई संघले शुक्रबार एक कार्यक्रमका बीच मुवा थाई खेलाडीहरुलाई सम्मान गरेको छ । धुलिखेल नगरपालिका हलमा सम्पन्न उक्त सम्मान कार्यक्रममा ६ जना खेलाडीहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा सम्मानित हुने खेलाडीहरुमा नेपाल राष्ट्रिय मुवा थाई एसोसिएशनका अध्यक्ष करुना उप्रेति शाह ठकुरी, शशिन्द्र रञ्जीत, सुवास लिम्बु, सन्देश मानन्धर, सन्तोष मगर, राम गोपाल शाह ठकुरी रहेका छन् । खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जुले गरेको थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर व्याञ्जुले खेल जगतको समग्र विकासको लागि आफूले गम्भिर ढंगले पहल गर्ने बताए । कार्यक्रम काभ्रे जिल्ला मुवा थाई संघका अध्यक्ष बज्र लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

Comments

comments

SHARE