२६ फागुन, काभ्रे बनेपा । काभ्रेलाई ३ नं. प्रदेशको राजधानी बनाउन गुरुङ समुदायले माग गरेका छन् ।

‘संघीय नेपालमा तमुहरुको आव्हान, अस्तित्व र पहिचानको लागि तमुहरुको अभियान’ भन्ने मूल नाराका साथ तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् ३ नं. प्रदेशको अधिबेशनमा गुरुङ समुदायले यसरी माग गरेका हुन् । शनिबार (आज)बाट बनेपामा शुरु भएको परिषद्को अधिवेशन काभ्रेमै प्रदेश राजधानी बनाउनु पर्छ भन्ने माग अनुसार भएको सहभागीहरुले बताएका छन् ।

भिडियो सहित

बनेपाको तीन दोबाटोदेखि तरकारी बजारसम्म विशेष ¥याली गरेपछि उद्घाटन कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको उद्घाटन परिषद्का केन्द्रिय उपाध्यक्ष रेशम गुरुङले गरेका थिए ।

गुरुङ भेषभुषामा सजिएका सहभागीहरु १३ वटा जिल्लाहरु काभ्रे, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर र भक्तपुरबाट आएका थिए । कार्याक्रम भोली आईतबारसम्म चल्ने आयोजकले बताएका छन् ।

Comments

comments

SHARE