२८ फागुन काभ्रे/तामाङ सञ्चारकर्मीहरुको साझा संस्था तामाङ सञ्चार समूह काभ्रेको दोस्रो जिल्ला अधिवेशनले रेडियो नमोबुद्ध एफ.एम.मा कार्यरत सञ्चारकर्मी जगतमान वललाई सर्वसम्मति ढंगले निर्वाचित गरेको छ ।

सोमबार धुलिखेलको सम्धीको थकाली भान्छाघरको सभाहलमा सम्पन्न उक्त अधिवेशनले वललाई अध्यक्षमा निर्वाचित गरेको हो ।अधिवेशनले उपाध्यक्षमा अञ्जली तामाङ, सचिवमा राजकुमार गोले, सह–सचिवमा भिम जिम्बा, कोषाध्यक्षमा शर्मिला थिङ र सदस्यहरुमा इकमान वाइबा, सुनिता लुङबा, विद्यासागर लामा, चित्र व्लोन, लोक लामा रहेका छन् । ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएकोमा एक जना सदस्य भने कार्यसमितिको पहिलो वैठकले मनोनित गर्ने आयोजकले बताएको छ ।

अधिवेशनले ३ जना केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत चयन गरेको छ । चयन भएका प्रतिनिधिहरुमा शिशिर दोङ, काजल तामाङ र रोजन तामाङ रहेका छन् ।

तामाङ सञ्चार समूहका केन्द्रीय महासचिव विष्णु मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा समूहका संस्थापक अध्यक्ष रविन्द्र तामाङ, प्रेस सेन्टरका केन्द्रीय सदस्य डिलबहादुर थोकर ‘ग्याम्जो’, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, तामाङ सञ्चार समूहका केन्द्रिय सदस्य पेमा लामा, एमाले काभ्रेका पूर्व जिल्ला सदस्य राम लामा, प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, साराखबर  डटकमका प्रधान सम्पादक मिलन लामा लगायतका रहेका थिए ।

 

Comments

comments