मलेसिया/काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ७ निवासी गोर्खालाल तामाङकी श्रीमति वर्ष ५४ की मृगौला पिडित तामाङलाई आर्थिक सहयोग गर्न काभ्रे सेवा समाज मलेसियाले अपिल गरेको छ ।

मृगौला पिडित तामाङको दुवै मृगौला फेल भएपछि आर्थिक कम्जोरीका कारण उपचारमा समस्या आईरहेको थियो । विगत ९ महिना देखि मेडिकल कलेज बौद्ध जोरपाटीमा उपचार गराईरहेकी छिन ।

परिवारको आर्थिक स्थिति एकदमै नाजुक भएको र परिवारको सदस्यबाट मृगौला दिने भएपनि आर्थिक समस्याको कारणले उपचारमा समस्या आएको तामाङकी परिवारले जानकारी दिएको छ ।

अलि–अलि भएको रकम पनि डाइलोसिस र उपचार खर्चमै सकिएको हुनाले उपचारको लागि अपिल गरेको काभ्रे सेवा समाज मलेसियाका दावा घिसिङले जानकारी दिएका छन् । काभ्रे सेवा समाज मलेसियाका अध्यक्ष उर्गेन लामाले मृगौला पिडितको समस्यालाई मध्यनजर गरि सबैले सकेको सहयोग गर्न मलेसियामा रहेका श्रमिकहरुलाई अपिल गरेका छन् ।

’साथै मलेसियामा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई पुतली तामाङ बचाउ अभियानमा साथ दिई आर्थिक सहयोग गरिदिनु हुन काभ्रे सेवा समाज परिवारले हार्दिक अपिल गर्दछ ।’ थोकरले भनेका छन् ।

यसैबीच सहयोग गर्न चाहनेहरुलाई मृगौला पिडित तामाङको नाममा एनएमबी बैंकको खाता नं. ०१७२१५००५७०४००१ मा सिधै रकम जम्मा गर्न सक्ने बताईएको छ । सहयोगको लागि मलेसियाको विभिन्न वैंक खाताहरु समेत सार्वजनिक गरेको छ ।

मलेसियाको लागि बैंक खाता नम्बर:

Pasang Lama

CIMB Bank AC: 14670010242522, May Bank AC: 114311057951, Public Bank AC -6379797314, CIMB current AC – 8007321835, RHB Bank AC – 11418300205306

थाप जनकारीको लागि सम्पर्क नम्बर:
उर्गेन थोकर स् ०१८३१२८४८०
नेपालको लागि सम्पर्क नम्बर:
ईश्वरी तामाङ: ९८०८३५१८९६
शन्ता तामाङ:  ९८१३५६८०७०

Comments

comments

SHARE