आर्इसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवान्युगिनी (पिएनजी) विरुद्धकाे खेल फराकिलाे अन्तरले जितेकाे छ ।

दीपेन्द्रसिंह एेरीकाे अविस्मरणीय अलराउन्ड प्रर्शनकाे मद्धतमा नेपालले पिएनजीलार्इ ६ विकेटले पराजित गर्याे ।

दीपेन्द्रले बलिङतर्फ ४ विकेट लिए भने ब्याटिङमा पनि शानदार प्रदर्शन गर्दै अविजित ५० रन बनाए । लिस्ट एमा याे उनकाे पहिलाे हाफ सेञ्जुरी हाे ।

पिएनजीले दिएकाे ११५ रनकाे लक्ष्य नेपालले ४ विकेटकाे क्षतिमा २३ अाेभरमै पूरा गर्याे । तर, यसपटक पनि माथिल्ला ब्याट्सम्यानले राम्राे प्रदर्शन गर्न सकेनन् ।

नेपालका दुवै अाेपनर सस्तैमा अाउट भए भने कप्तान पारस खड्का १८ बलमा २० रन बनाएर पेभेलिएन फर्किए ।

तर, त्यसअघि बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै पिएनजीलार्इ कम रनमा समेटेकाले नेपालले सहज जित हात पार्याे ।

चर्चित युवा लेगस्पिनर सन्दीप लामिछान र पार्टटाइम बलर दीपेन्द्रसिंह एेरीले समान ४–४ विकेट लिएपछि पिएनजी ११४ रनमै अलअाउट भएकाे थियाे । नेपाली बलरका सामु पिएनजीका ब्याट्सम्यान २७ अाेभर २ बल मात्र टिक्न सके ।

पिएनजीले ६ विकेट गुमाएपछि बलिङमा अाएका एेरीले त्यसपछिका चार विकेट एक्लैले लिए । पहिलाे अाेभरमा १ विकेट लिएकाे उनले दाेस्राेमा दुर्इ तथा तेस्राेमा थप एक विकेट लिए ।

यस्तै, सन्दीपले पनि चार विकेट लिए । उनले डाेरिगालार्इ व्यक्तिगत १० रनमा, सेसे बाउलाई ११ रनमा, चाड सोपरलाई १० रनमा तथा टोनी उरालाई ११ रनमा आउट गरे । यस्तै, साेमपाल कामीले असद भालालार्इ १० रनमा अाउट गरे ।

जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा भएकाे खेल नेपालका लागि निकै महत्वपूर्ण थियाे । जितसँगै नेपाल ४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताकाे नजिक पुगेकाे छ ।

अहिले भइरहेकाे नेदरल्यान्ड्स र हङकङबीचकाे खेलमा नेदरल्यान्ड विजयी भए नेपालले एकदिवसीय मान्यता पाउनेछ । हङकङ विजयी भएकाे अवस्थामा भने नेपालले फरि हङकङसँग खेल्नुपर्नेछ ।

Comments

comments