‘तपाईंहरु ढुक्क हुनुहोस् अर्को वर्ष वृद्धभत्ता बढाउँछौँ’ –मन्त्री बाँस्कोटा

 

चैत्र २ काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार तेस्रो चरणको मन्त्रिमण्डल विस्तार गर्दै १७ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई आज साँझ सपथ ग्रहण गराएका छन् ।

आज विस्तार गरिएको मन्त्रीमण्डलमा ओली पछि संघीय प्रतिनिधिसभामा दोस्रो लोकप्रिय मत प्राप्त गरेका काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्री बनाइएको छ । स्रोतकाअनुसार उनलाई मन्त्रीमण्डलको बैठकमा सहभागी गराउने गरी राज्यमन्त्री बनाइएको हो ।

एमाले अध्यक्ष समेत रहेका ओलीले सरकारलाई सन्तुलित बनाउन नसकेको आरोप खोप्नु परेको छ । स्वयम् उनकै पार्टीका नेताहरुले प्रम ओलीलाई यस्तो आरोप लगाएका छन् । सात वटै प्रदेश समेटेर सरकार विस्तार गर्न असफल प्रधानमन्त्री ओलीद्वारा विस्तारित मन्त्रीमण्डलमा काँस्की र गुल्मी जिल्लाका दुई/दुई सांसदलाई मन्त्री बनाएका छन् । गुल्मीबाट प्रदिप ज्ञवाली र गोकर्ण विष्ट मन्त्री भएका छन् । ज्ञवाली परराष्ट्र र विष्टलाई श्रम तथा रोजगार मन्त्री बनाइएको छ ।

त्यस्तै कास्कीबाट रवीन्द्र अधिकारी र जगत विश्वकर्मा मन्त्रीमा नियुक्त भएका छन् । अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेबारी दिइएको छ भने विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन् । उनीहरु चारैजना एमालेबाट नियुक्त भएका हुन् । ओलीले सातै प्रदेशबाट स्वच्छ छवी बनाएका नेतालाई मन्त्री बनाउने बताएका ओली नेतृत्वको सरकारले सबै प्रदेशलाई न्याय गर्न भने सकेको देखिएको छैन ।

एमालेबाटै छानिएका अन्य मन्त्रीहरुमा रघुवीर महासेठ भौतिक पुर्वाधार, शेरबहादुर तामाङ कानुन मन्त्री बनेका छन् । यस्तै यसअघि जनसंख्या वातावरण मन्त्री बनेका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी माओवादी केन्द्रले पार्टीबाट पाँचजना सांसद मन्त्री बनेका छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री बन्न पठाएकाहरुमा वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री, गिरिराजमणि पोखरेल शिक्षा मन्त्री, शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पोखरेल यसअघि शिक्षा र स्वास्थ्य मन्त्री भइसकेका नेता हुन् भने बस्नेत पूर्वगृहमन्त्री हुन् ।

यसैगरी चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बनेकी छिन् । प्रचण्ड प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खनाल मन्त्री भएपछि जनार्दन शर्माको नाम काटिएको छ । कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित विना माओवादी अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।

Comments

comments