Amrit Yonjan

२ चैत्र, बनेपा । कारागारमा होस या हिरासतमा होस् प्रहरी प्रशासनले कुनै पनि आदिवासी जनजातिलाई आफ्नो मातृभाषा बोल्न नदिन नेपालको संविधान २०७२ विरुद्ध हुने भाषा विद अमृत योञ्जनले बताएका छन् ।
हालै प्रहरीको गिरफ्तारीमा परेका गुण्डा नाईके गणेश लामालाई भेट्न जाँदा उनका बुबा पाल्साङ लामाले हिरासतमा भेट्न जाँदा तामाङ भाषामा बोल्न नदिएको कुरा सार्वजनिक भएपछि सामाजिक सञ्जल फेसबुकमा उनले उक्त करा बताएका हुन् ।

‘नेपालको वर्तमान संविधानको प्रस्तवना र धारा ३ मा नै नेपाल बहुभाषिक मुलुकुको रुपमा आत्मसात गरेको छ भने धारा ६ ले नेपालम बोलिने सवै मातृभाषाहरू राष्ट्रभाषाु हुन् भनेको छ।’ उनले लेखेका छन्– ‘यसै गरी धारा १८ मा भाषिक समानताको हक प्रदान गरेको छ। यसर्थ संविधान विरूद्ध प्रहरी प्रशासन कसरी जान सक्छ ?’

उनले नेपाली नागरिकको आफ्नो मातृभाषामा बोल्ने संविधान प्रदत्त हकलाई प्रहरी प्रशासनले हनन गरेकोमा गृह मन्त्रालयको ध्यानाकर्षण समेत गरेका छन् । बाहुभाषिक शिक्षा विज्ञ योञ्जनले यसबारेमा भाषा आयोग र राष्ट्रिय मानवअधिकार आयोगले पनि केही पहल गरिनु पर्ने बताएका छन् ।

मातृभाषाको बोल्न पाउने संवैधानिक हकलाई प्रयोग गर्न नदिनु पञ्चायती शासकको जस्तो गरी व्यवहार भनि वर्तमान सरकारको आलोचना समेत गरेका छन् । यसबारे मातृभाषी समुदाय र संघसंस्था अनि मातृभाषामा सपथ खाने सांसद र प्रदेश सांसदहरूले गम्भिर चासो राखेर उचित कदम चाल्न आवश्यक रहेको योञ्जनले अनुरोध समेत गरेका छन् । यस अघि गणेश लामाका बुबा उनलाई भेट्न जाँदा तामाङ भाषा बोल्न दिएको थिएन । उनले आफ्नो छोरासँग कहिल्यै पनि अरु भाषा नबोलेकोले तामाङ भाषामै बोल्छु भनि जवर्जस्ती बोलेका थिए ।

प्रहरी हिरासतमा रहेका गणेश लामाको बुबाको यस्तो रहेछ पिडाः

Comments

comments

SHARE