-बसन्त लामा बमजन
४, चैत्र बारा/निजगढ। जिल्लाको निजगढ नगरपालिकाको वडा न १ स्थित टासिधार्गेलिङ बौद्ध गुम्बामा तिन दिने मेला लाग्ने भएको छ ।

वडा न १ मा १५ वर्षपछी टासिधार्गेलिङ गुम्बा निर्माण कार्यसम्पन्न भएको उपक्ष्यमा यहि आउदो चैत्र पुर्णिमाको दिन पितृको सम्झनामा बत्ती बाल्ने कार्य हुनु को साथै तीन दिने मेला लगाउन लागिएको आयोजकले बताएका छन् । यहाँको अधिकांस तामाङ समुदायको रहेकोले व्यक्तिले चैत पुर्णिमाको दिन पितृ को सम्झनामा काठमाडौंको स्वयम्भु र बौद्धमा गई आफनो पितृको सम्झनामा बती बाल्दै आएका थिए ।

तर गाउँमै गुम्बा निर्माण भएपछि स्थानीय तामाङ समुदाय काठमाडौंमा अब धाउनुपर्ने छैन । सबैलाई सजिलो र सुरक्षित तरिकाले आफनै घर नजिक पितृको सम्झनामा बती बाल्ने वातावरण निर्माण होस् भन्ने उदेश्यले यो कार्यक्रमको  आयोजना गरेकोमेलाको अध्यक्ष नर कुमार लोप्चनले बताएका छन् । मेलामा चर्चित कलाकारहरुको बेजोड प्रस्तुति हुने भएकोले सबैलाई उपस्थितिको लागि समेत अध्यक्ष लोप्चनले अनुरोध गरेका छन् ।

मेला व्यवस्थापनका लागि टासी धार्गेलिंङ बौद्ध गुम्बाको वरिपरि रहेको झाडी बुट्यान र सरसफाई गर्न गुम्बा टोल बिकास समितिको अध्यक्ष बल बहादुर न्यासुरको अध्यक्षतामा सुरु गरेको छ ।

Comments

comments

SHARE