६ चैत्र काभ्रे, तेमाल । तेमाल गाउँपालिकालाई यहीं चैत्र १० गते खुल्ला दिशा मुक्त गाउँपालिकाको रुपमा घोषणा हुने भएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

थै बैठकले गाउँपालिका अध्यक्ष सलामसिं लामाको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका स्तरको खानेपान सरसफाई तथा स्वच्छता समन्वय समिति समेत गठन गठन गरेको छ ।

यसैबीच यो निर्णय सँगै तेमाल गाउँपालिका जिल्लाकै पहिलो खुल्ला दिशा मुक्त गाउँपालिका हुनेछ । यस अघि हालको वडा नं. ६ तथा साविक ठूलोपर्सेल गाविस जिल्ला कै पहिलो खुल्ला दिशा मुक्त गाविसको रुपमा २०६१ सालमै घोषणा भएको थियो ।

तेमाल गाउँपालिकामा ५२ सय घरधुरी रहेकोमा सबै घरधुरीमा शौचालयको पहुँच पुगीसकेकोले यस गाउँपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न लागेको गाउँपालिका उपाध्यक्ष दुर्गा लामाले बताए । उपाध्यक्ष लामाका अनुसार सबै वडा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिसकेको छ ।

Comments

comments