६ चैत्र, काभ्रे । दोलालघाटलाई पर्यटकिय स्थलको रुपमा घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले ‘दोलालघाट महोत्सव–२, २०७४÷७५’ को आयोजना गर्ने भएको छ । आगामी चैत्र २३ गते देखि बैशाख ३ गतेसम्म महोत्वस हुन लागेको हो ।

श्री दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबको आयोजनामा हुन लागेको उक्त महोत्सवकोबारेमा मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अस्ट श्रेष्ठले दोलालघाट धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले अत्यन्तै हराभरा भएको स्थल भएकोले यहाँ आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना ठूलो रहेकोले महोत्वसव मार्फत प्रचार÷प्रसार गरिने बताए ।

‘२०७२ सालको विनाशकारी भूकम्पका कारण तातोपानी नाका बन्द भएको, काभ्रेको दोलालघाट तथा सिन्धुपाल्चोकका बस्तीहरु जोखिममा परेको र पर्यटकहरुको लागि असुविधा र असुरक्षित भन्ने भ्रमलाई चिर्न पनि हामीले महोत्वसको आयोजना गर्न लागेका हौ ।’ अध्यक्ष श्रेष्ठले भने– ‘प्राकृतिक सम्पदाले भरिपूर्ण प्राकृतिक सम्पदा, सुन्दरताले भरिपूर्ण पर्यटकीय क्षेत्र अब सुरक्षित रहेको व्यहोरा अवगत गराउन र सरकारी निकायको पनि ध्यान जाओस् भन्ने मुख्य उद्देश्य यस महोत्सवको हो ।’ यसको अलाबा क्लबले पर्यटन प्रवद्र्धनमा बृद्धि, कृषि उद्योग तथा व्यापार प्रबद्र्धन, धार्मिक–साँस्कृतिक पहिचान पर्यटकीय स्थल घोषणा गराउन महोत्सवको आयोजना गरेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रमको मुख्य आकर्षकहरुः
महोत्सवमा साँस्कृतिक कार्यक्रम, उद्योग÷व्यापार स्टलहरु, बाल उद्यान रमाइलो मेला, चमेना गृह, ¥याप्टिङ, स्वस्थ्य शिविर, धार्मिक स्थल अवलोकलन (हेलिकोप्टरबाट), स्थानीय झाँकी प्रदर्शन, कृषि प्रदर्शनी आदि हुने अध्यक्ष श्रेष्ठले जानकार दिए ।

महोत्सवमा ३० लाख आय हुने र २८ लाख ८५ हजार व्यय हुने आयोजकले अनुमान गरेको छ । यस अघि २०६७÷६८ मा पहिलो महोत्सव सम्पन्न गरेको थियो तर उक्त महोत्सवमा भने आयोजकले घाटा व्यहोर्नुपरेको थियो ।

 

Comments

comments