वेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबादुर तिमल्सिना

६ चैत्र, काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले गाउँपालिकाको सवारी साधन दुरुपयोग गरेका छन् । उनले घरायसी प्रायोजन देखि नर्सरीको विभिन्न सामग्री ओसार पसार गर्नका लागि सरकारी गाडी प्रयोग गर्ने गरेको खुलेको हो ।

वेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबादुर तिमल्सिनाले दुरुपयोग गरेको सरकारी सवारी साधन

अध्यक्ष तिमल्सिनाले निजी सवारी साधन झै गरेर गाउँपालिकाको बा १ झ ४७२२ नम्बर प्लेट भएकोे गाडीमा आफ्नै नर्सरीका लागि आवश्यक पर्ने सामाग्री ओसार्ने गरेका छन् । ‘पटक–पटक अध्यक्षज्युले साविक ढुंखर्क वडा नम्बर ७ पाटने खोलादेखि उहाँको नर्सरीसम्म दुवानी गरिरहेको देखेका छौँ, हामीले बोल्दा उल्टै झपार्ने र थर्काउने गर्नुहुन्छ ।’ एक स्थानीयले नामउल्लेख नगर्ने सर्तमा भने ।

साबिक ढुंखर्कमा उनले ६ वर्ष अघिदेखी पाते सल्लोको नर्सरी सञ्चालन गरिदै आइरहेका छन् । यो पातेसल्लो औषधीको रुपमा प्रयोग गरिन्छ । यो सँगै उनले नर्सरीका कर्मचारी र विवाह, ब्रतबन्ध, लगायतमा जाँदा पनि आफ्नो घरका परिवार सदस्य समेत यहि सरकारी गाडीमा बोक्ने गरेको स्थानीयहरुले बताएका छन् ।

वेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबादुर तिमल्सिनाले दुरुपयोग गरेको सरकारी सवारी साधन

वडा नम्बर ७ मामोटर बाटो निर्माणको अनुगमन गरी फर्किदै गरेका अध्यक्ष तिमल्सिनाले गाडीमा पातेसल्लो ओसारेको स्वीकारेका छन् । ‘गाउँकै रमण तिमिल्सना भाईको बारीको डिलमा रहेको पाते सल्लो गाडीमा हालेर ल्याएको हो ।’ उनले भने– ‘मैले विगत ६÷७ वर्ष भयो साबिक ढुंखर्कमा नर्सरी राखेको छु दुरुपयोग गरेको भन्ने मलाई लाग्दैन साथीहरुलाई मसला भयो मैले दुरुपयोग गरेको जस्तो लाग्दैन ।’

बजेट बिनियोजन देखि अपारदर्सिको आरोप खेपिरहेका अध्यक्ष आफै चढेको गाडीमा पातेसल्लो ढुवानी गरेको भेटीएपछि स्थानीयहरु बिरोध जनाउँदै अध्यक्षले दुरुपयोग गरेको भन्दै आक्रोश पोख्दै आइरहेका छन् । गाउँपालिकाका अध्यक्ष तिमल्सिना कांग्रेस निकट किसान महासंघका जिल्ला अध्यक्ष समेत हुन् । ६ वटा वडा रहेको यो गाउँपालिकामा अन्य दलबाट कोहि पनि निर्वाचित भएका छैनन् ।

 

Comments

comments

SHARE