७ चैत्र, काभ्रे, बनेपा । काभ्रे जिल्लामै पहिलो पटक शारिरीक रुपमा अशक्त भएका खेलाडीहरुको भेट्रान खुल्ला बाँस्केटवल प्रतियोगिता ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको खेल मैदानमा मंगलबार सम्पन्न भएको छ । काभ्रे जिल्ला तथा आसपासका जिल्लाहरुमा रहेको ३५ बर्ष पुरा भएका भेट्रान खेलाडीहरुको प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका गर्दै प्रमुख अतिथी समेत रहेका बनेपा नगरपालिकाको मेयर रेखा दाहालले शारिरीक रुपमा अशक्त भएका खेलाडीहरुले देशको नाम उच्च राख्नको लागि केही गर्न सक्ने बताउँदै आगामी दिनहरुमा समेत यस्तो कार्यहरु गर्दै जानेमा आशा व्यक्त गरिन् ।

भेट्रान खेलाडीहरुले भरिएको प्रतियोगितामा चार टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा ज्ञानकुञ्ज टिमले प्रथम स्थान, दोस्रो स्थानमा हिमालय टाइगर्स र सगरमाथा टिमले तेस्रो स्थान हात पारेको थियो ।

प्रतियोगितामा शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार समेत वितरण गरेको थिाये । जसअनुसार प्रथम बिजेता टिमलाई रु.१२,०००/–, दोस्रो हुनेलाई रु.८,०००/– र तेस्रो स्थान हुनेलाई रु.६,०००/- प्रदान गरेको थियो भने बेस्ट प्लेयरको पदक तिलक पोखरेलले प्राप्त गरेका थिए । पुरस्कार काभ्रे उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष श्री प्रताप वैद्यले वितरण गरिएको थियो ।

काभ्रे जिल्लामा सुविधा सम्पन्न बाँस्केटवलको कोर्ट ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान लगायत केही विद्यालयमा मात्रै रहेको छ । ज्ञानकुञ्जले यस्ता शारिरीक रुपमा अशक्त व्यक्तिहरुलाई निरन्तर सहयोग गर्ने प्रतिष्ठानका प्रबन्ध निर्देशक वैद्यले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्य, संचालक आत्मराम थापा लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व स्पाइनल कर्ड इन्जोरी खेलकुद संघ का गायत्री दाहालले गरेका थिए ।

 

Comments

comments

SHARE