७ चैत्र, काभ्रे बनेपा । महाभारत–८, घर्तिछाप निवासी गणेशबहादुर अस्तानी बनेपा बसपर्कमा विलौना गर्दै थिए । आफन्तजनहरुलाई फोन गर्दै थिए । सँगै रहेको बुबा रुपबहादुर अस्तानी मगरको लास वरिपरि घुम्दै मोवाईलमा कुरा गर्दै थिए ।

बुबा गुमाउँदाको पिडा, बुबाको उपचारको लागि काभ्रेको ‘कर्णाली’ भनेर चिनिने महाभारत गाउँपालिका वडा नं. ८, घर्तिछापबाट एउटा बोलेरो गाडी रिजव गरि ल्याएका थिए । विहानै घरबाट निस्केका उनी दिउँसो करिब ४ः३० बजे बनेपा बसपर्कमा आईपुगे ।

बसमा आप्ठ्यारो हुनेभएपछि उनी हतार–हतार गरि ट्याक्सी खोज्न हिंडे । ट्याक्सी लिएर आईपुग्दा उपचार गर्न बेर भईसकेको थियो । अनि बसपर्कमै निधन भयो ।

रुपबहादुर जस्ता कैयौंको जिन्दगी उपचार नपाएर वितेको कैयौं वर्ष भयो । प्राथमिक उपचारको लागि समेत स्वास्थ्य केन्द्र नभएको डाँडापारी क्षेत्रमा अकालमा ज्यान जाने क्रम जारी नै छ । पहुँच र पैसा हुनेहरुले हेलिकोप्टरमा ल्याई उपचार गर्छन् तर निहत्था र गरिब जनताको लागि सिटामोल समेत पाउँदैन ।

Comments

comments

SHARE