७ चैत्र, काभ्रे धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ५ मा बुधबार दिउँसा ४ः३० बजे ट्याक्टर दुर्घट्ना हुँदा एक जना महिला र एकजना ६ वर्षिय बालक सख्त घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी सहकुलबहादुर थापालका अनुसार ना २ त ९३४८ नम्बरको ट्याक्टर पल्टिदा महाभारत–२ काभ्रेकी सञ्चमाया वाईबा (वर्ष ३२) र ६ वर्षिय बालक सुमन मगर सख्त घाईते भएका हुन् । ट्याक्टरमा दैनिक रुपमा काम गर्दै आएकी वाईबा ट्याक्टरबाट माटो अनलोड गर्दै गर्दा ट्याक्टर पल्टेको थियो । नजिकै रहेका वालक सुमन मगर त्यही वरिपरि खेलिरहेका थिए ।

दुर्घट्ना पछि प्रहरीले ट्याक्टर चालकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिईसकेको प्रहरीले जानकारी दएको छ । घाइतेहरुको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

Comments

comments

SHARE