८ चैत्र, बनेपा । काभ्रे जिल्ला सहकारी संघको आयोजनामा भईरहेको ‘सहकारी स्वर्ण महोत्सव–२०७४’ अन्तर्गत विहिबार अतिरिक्त क्रियाकलप समितिको बैठक जिल्ला सहकारी कार्यालयमा सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णयहरु समेत गरेको समितिका संयोजक विधान जोशीले बताएका छन् । अतिरिक्त क्रियाकलापक समितिले बृहत कार्यक्रमिक योजना बनाएको जोशीले जानकारी दिएका छन् ।

रक्तदान कार्यक्रमः
समितिका संयोजक जोशीका अनुसार चैत्र १० गते शनिबार विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बनेपाको गणेशस्थान, बकुटोलमा गर्ने भएको छ । यसको संयोजन भोमी बहुउद्धेश्य सहकारी संस्था लि., बनेपाले गर्ने छ । त्यसैगरि रक्तदान कार्यक्रम अन्तर्गत नै चैत्र २० गते मंगलबार विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म जिल्ला सहकारी संघको प्रांगनमा गर्ने योजना रहेको जोशीले बताए । यसको संयोजन मोडेल बचत तथा ऋण सहकारी संस्था लि.ले गर्ने छ ।

मैत्रीपूर्ण फूटबल प्रतियोताः
सहकारी महोत्सवको उपलक्ष्यमा फूटवल प्रतियोगिता समेत गर्ने भएको छ । प्रतियोगिता चैत्र २४ गते शनिबार बनेपा फूटसल, पूलबजारमा गर्ने भएको छ । यसको लागि नामदर्ता बनेपा फूटसलमै गर्ने जोशीले जानकारी दिए ।
जिल्ला स्तरीय खुल्ला निबन्ध प्रतियोगिता
सहकारी महोत्सवकै उपलक्ष्यमा जिल्ला स्तरीय खुल्ला निबन्ध प्रतियोगिता गर्ने भएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने शिर्षकमा हुने उक्त निबन्ध प्रतियोगिता चैत्र २६ गते बेलर एकेडेमी, बनेपामा हुने जोशीले जानकारी दिए ।

सहकारी चलचित्र प्रदर्शनी
अतिरिक्त क्रियाकलाप समितिका संयोजक विधान जोशीका अनुसार चैत्र २५ गते विहान ११ बजे सहकारी चलचित्र आरम्भको प्रदर्शनी गर्ने भएको छ । चलचित्र प्रदर्शनी शुभकामना हाईभिजन हल, बनेपामा हुने जोशीले जानकारी दिए ।
यसैबीच सहकारी स्वर्ण महोत्सवमा आवश्यक साँस्कृतिक कार्यक्रमको व्यवस्थापन गर्न काभ्रेली कलाकार संघलाई अनुरोध गर्ने निर्णय समेत समितिको बैठकले गरेको छ ।

 

Comments

comments

SHARE