-राजु तामाङ
९ चैत सर्लाही । प्रदेश नं। २ कै सर्वाधिक ठूलो धनराशि भएको ऐतिहासिक दोस्रो राजर्षि जनक गोल्ड कप २०७४ बिहिवारबाट सर्लाहीमा सुरु भएको छ।

सर्लाहीमा रहेको मेरो मनको ज्योति बागमती युवा क्लबको आयोजनामा भएको कार्यक्रममा प्रदेश नं. २ को सामाजिक विकास मन्त्री नवल किशोर शाहको प्रमुख आतिथ्यमा खेलको विहिबार उद्धघाटन गरिएको हो।

उद्धघाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहले पहिलाको सरकार एकात्मक राज्यले चलेकोले विभेद भएको र अब त्यस्तो नभई प्रदेश सरकार सबै जात जातिको साझा प्रदेश भएको कुरा प्रष्ट्याउनु भएको थियो। आफु भरखरै प्रदेश सरकारमा आएको हुँदा दीर्घकालीन कार्ययोजना बनाउन बाँकी रहेकोले अब छिट्टै नै नयाँ कार्ययोजनाका साथ जनताले महसुस हुने गरि विकासको कामहरु अगाडि बडाउने कुरामा विश्वस्त पार्नु भयो।

कार्यक्रममा सर्लाहीकी मार्सल आर्ट खेलाडी अन्जना शिवाकोटीलाई केही महिना अगाडि भएको अन्तराष्ट्रिय स्तरको खेलमा कास्य पदक जित्न सफल भएकोमा उहाँको खेल यात्रा अझ उज्ज्वल रहोस भनि नगद पुरस्कार एकाउन्न हजार र सम्मानपत्र सहित खादा लगाई सम्मान गरिएको थियो।

त्यस्तै उद्धघाटन खेल नेपाल सशस्त्र प्रहरी बल क्लब र स्काई क्रेस्ट ब्वाइज मुम्बई बीच भएको खेलमा निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी खेलेकोमा खेलको नतिजा ट्राई ब्रेकरबाट निकालिएको थियो। जस अन्तर्गत स्काई क्रेस्ट ब्वाइज मुम्बई भारतले नेपाल सशस्त्र प्रहरी क्लबलाई ४ गोलका विरुद्ध ५ गोल गरी दोस्रो राजर्षि जनक गोल्ड कप २०७४ मा आफ्नो विजय यात्रा सुरुवात गरेको छ। आजको खेलमा मुम्बई टिमका गोल रक्षक कृष्ण कान्थ नाथेकर खेलको म्यान अफ द म्याच घोषित भए सँगै नगद दश हजार प्राप्त गरेको छ।

बिहीबारबाट सुरु भएको खेल आगामी १७ गते सम्म चल्नेछ र शुक्रबार (आज) को खेल भने आयोजक सर्लाही ११ र भुटान ड्रक स्टार ११ बीच हुने आयोजकले जानकारी दिएको छ।

Comments

comments