लेखक

-राेज बहादुर तामाङ (च्याङ्बा)

अचानक आएर त्यो कार मेरो छेवैमा अडियो, अनि कारको कलो पर्दा छिचोल्दै मसम्म आइपुग्यो सम्बोधन । अचानक आएको आवाजले म झस्किए । अचम्म मान्नु र झस्किनु स्वभाविक थियो मैले, न परिवारमा कसैको कार छ अरुलाई झैँ सधैँ स्कुल(कलेज( कतै जादा पुर्याइदिन, न मेरो कुनै साथिको कार नै छ जसले मलाई लिफ्ट दिनु । तब यो को हो जो रोकियो मेरो लागी ?

‘कस्तो नचिनेको हजुरले मलाई म स्मृिति क्या, हाहाहा ……..”
कालो चस्मा सिलिक्का परेको कपाल मोटो ज्यान कालो कारमा, हुन त चिन्थ्यौ पनि कसरी, ५ वर्ष भन्दा
बढी भो होला देखादेख सम्म नभको ।”
अफैले फेसबुकमा ब्लक गरेको पनि ५ बर्ष भईसकेछ ।
हुन त हो, एक त्यो समय
थियो मेरो कलेज पढ्दाको, पताली ज्यान, सिलिक्का परेको कपाल, इस्कुटिमा हिन्थे अनी एक आजको दिन छ ।
व्यवस्थाताले समय बितेको थाहै भएनछ । जसरि यती समय बित्यो, लाग्छ मेरो “टिनएज”पनि बितेछ यसैगरि,
अरुका जोडी हेर्दै, आफ्नो मनको गुनासो आफैँसँग गर्दैू।

“त्यस्तो हैन…….., साच्चैँ चिनिँन मैले तिमीलाई एकैछिन त ”
“अँ, को भन्ठान्यौ ररु”
खै को भन्ठानेको थिए मैलेरु मनले भने कल्पना र आशा दुवै बुनिसकेको थियो, कुनै समय ं२ पढ्दा उ मेरो जिन्दगी थियो । आज कसैको भईसके अहिले सिरिप मेरो समु उभिएर छे । मेरो पनि उ कोही हुन्थ्यो आज कसैको नभई देको भए जान्थ्यो अनि लिएर आउँथ्यो फिल्म हेर्न, मन लाग्ने चिज खुवाउन, अनि सुनाउँथेँ होला मैले पनि, साथी संगीको माझमा अनि टुईटर, फेसबुकका भित्तामा १ जब कुनै जोडी देख्थेँ मेरो मनले प्रश्न गथ्र्यो “मेरो जिवनमा यस्तो दिन कहिले आउला ?”

उसले बोलि,
“खुब सहित्यकार समाजसेवी, राजनितीमा लाग्दै छ रे नि लु बधाइ छ है एक जमानामा मेरो सँगै पढ्ने मिल्ने साथी हो भन्न पाउँछु नि, तिमीले पो चिन्नै छाड्यौ त”
भन्न मन लाग्थ्यो, मिल्ने साथी मात्र किन पुर्व प्रेमि चहि हैन्रु ूतिमीले छोडे देखि सहित्यतिर खुब मन लाग्न थलेू तर भन्ने आटै अएन१ बिछोड पछि जो पनि सहित्यिक बन्छन रे नि त हैन ?
ूकिन यसरी ब्याङ्ग्या हन्नु पर्छ  “लौ, किन, सत्य कुरा पनि भन्न नहुने ?
आत्तिनु पर्दैन, जिस्केको पो त ।

सयम बितेको पत्तै भएन छ तेस्तै दिनको ४ बाज्दै
थियो । पुस माहिनको जाडो तेस्तै, न्युरोडको एक कफिसपमा कफि पिउदै गफ गर्दै थिए । उनले विगतका कुरा कोट्याउदै भन्दै थिए ।
बर्ष को शुभारम्भको दिन , बाटो, चौरमा मानिसहरुको भिड
थियो । सबैका आँखामा खुसीका रंगिन फुलहरु मुस्कुराइरहेका सबै आ(आफ्नै गन्तव्यमा तिर हिडेरहेको देखिन्थे । तर तिमि र म संबेदित थियौ , गम्भीर र दुखित थियौ ।

मध्यान्हको घाम निकै रापिलो थियो । रुखको सियानमा कयौ मानिसहरु आफ्नै दुनियामा
लिन भैरहेका देखिन्थे । उत्सब झैँ प्रतित हुन्थ्यो त्यहाको परिवेश
तथापी त्यो उत्सवले कत्ति पनि स्पर्श गरिरहेको थिएन
हामीलाई ।

म चाहन्थे टाढा टाढा……समुन्द्र पारीको देशमा जान । सायद……..
मैले बिच्चैमा उस्को कुरा काटिहाले म एक साझ घाम डुब्नु अघि त्यहि ठाउमा पुगे । जुन ठाउमा कुनै दिन क्षितिज मा घाम पहेलिदै गएको समय पुगेका थियौ तिमी र म र धित मर्ने गरि पोखेका थियौ हाम्रो मायाको असली रुपहरु । तिम्रो र मेरो योवनका प्यासहरु तेहि मेटाएका थियौ कति खुशी थिए त्यो दिन तिमी । सम्झना आजै ताजै छ मलाई त्यो दिनको । कति मिठो थियो त्यो समय कति छिटो थियो त्यो समय ।

हाम्रो सामिप्यता हाम्रो आत्मियता त्यो कल्पित दुनिया भन्दा धेरै दुर थियो । मलाई लाग्थ्यो कि स्वर्गको एक भाग टुक्रिएर हामी बीच झरेको थियो । समग्रमा स्वर्गीय आनन्द अनुभूत गरिरहेका थियौ । कति करुण थिए तिम्रा स्वर हरु कति कोमल थिए तिम्रा ओठ अनि अंग(अंगहरु । कति माया दियौ त्यस बखत तिमीले मलाई ।

कति पवित्र थियो हाम्रो माया । कति चोखो थियो हाम्रो प्रेम । बाचा गरेका थियौ हामीले एक अर्का लाइ जीवन भर नभुल्ने र नछुटने । एउटा सुन्दर सपना देखेका थियौ हामीले त्यहा । जीवनको उत्तरार्ध सम्मको योजना बुनेका थियौ । मलाई बिशेष याद छ त्यस दिनको । हामी बसेको केहि क्षण पछी कस्तो पानी परेको थियो हागीख। झम झम साउने झरी जस्तो । त्यो झरीमा रुझेका थियौ तिमी म । कत्ति राम्री देखिएकी थियौ त्यस बखत तिमि ।

निरर्थक प्रयास स्वरूप एउटै छाता मुनि ओतिएका थियौ हामी । तिमि मेरो काखमा लुपुक्कै टासीएकि थियौ र पनि झरीको प्रहार बाट रहेका थिएनौ सुरक्षित हामी ।
बिस्तारै रात पर्दै गर्दा हामी तेहि होटालको कोठामा हाम्रो मायाका असिमित प्यासहरु ……. सुकेर तेहि कपडा लगाएर भोली पल्ट हामी फर्केका आजै पनि ताजै छ ।

मेरो सुझबुझभन्दा बाहिर थियो उ चुपचाप हेरिरहेँ । म न कारण सोध्न सक्थेँ न उनलाई सम्हाल्न नै ।
कुनामा चुपचाप उभिएर उसको आँखाबाट आँसु बगिसकेछन्,निम्तो बिना नै । उ रोएको देखेर म आफुलाई सम्हाल्दै चुपचापमाथी हिँडे प्रश्नै प्रश्नलिएर, सोध्न सकिँन त्यो कुरा अलग थियो । केहि बेर त्यहाँ केवल मौनता नै थियो,
अनि मौनतामा पनि सधैँ ताकत हुँदैन रहेछ बोलिदिने ।

छेवैबाट एक जोडी गयो एकअर्काको हात समाउँदै । मेरो मनमा प्रश्न उठ्यो, केवल प्रश्न अलगू सायद यो मायाको परिभाषा नै यस्तो रहेछ, नपाउनेका लागी अलग, पाउनेका लागी अलग अनि पाएर पनि गुमाउनेका लागी अलग………….

Comments

comments

SHARE