९ चैत्र काभ्रे । प्रदेश ३ का उपसभामुख राधिका तामाङको अभिव्यक्तिका कारण विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विभिन्न प्रकारका टिकाटिप्पणी भइरहेको छ ।

गाईको मासु सेवान गरेको आरोपमा मकवानपुर पदमपोखरीका ३ जना व्यक्तिहरु गिरफ्तार भएको कुरालाई लिएर गृहमन्त्री समक्ष विना सर्त रिहको माग गरेको समाचार बाहिर सञ्चार माध्यममा आएपछि उपसभामुख तामाङको विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ ।

यसैबीच भाषाविद अमृत योञ्जनले आफ्नो फेसबुक वालमा उप–सभामुख तामाङलाई बाहुनवाद विरुद्ध लड्न सुझाएका छन् । उनले तामाङलाई पछि नहट्न समेत भनेका छन् । ‘राधिका तिमी लड । एक मुठी भए सम्म बाहुनबाद विरूद्ध लड । राधिका तिमी आफ्नो विचारबाट पछि नहट। डटेर लड ।’ योञ्जनले लेखेका छन्– ‘तामाङ भावी पुस्ताले तिम्रो शालिक बनाएर पुजा गरिरहनेछ। बाहुनबाद विरूद्ध लड।’

नुवाकोटका पोक्ची तामाङले पनि २०१६ सालमा शोषक बाहुन सम्प्रदायिक विरूद्ध लडेर सहिद भएको र उनको शालिक आफूहरुले बनाउँदै गरेको उल्लेख गरेका छन् ।

योञ्जनले लेखेका छन्ः
म्हेला स्या थेन म्हाला कान
घाइमा धे ताला म्हान्बा राङ।ू
(गोरुको मासु धानको भात
कहिले पो होला सत्तासाथ ।)

राणाकालीन तामाङ पूर्खाको आकाक्षा थियो यो( गोरूको मासु र धानको भात खाने इच्छा। तामाङ जातिका साराका सारा जमिन खोसेर, हामीलाई हरिकंकाल मात्र बनाएन सत्ताको कमारो बनाएर राखे। हामीलाई यिनैका पूर्खाले मासिने मतवाली बनाएका थिए। हाम्रा भूमि जागिर, विर्ता लिएर लुटेका थिए। हाम्रा चेलीलाई दासी बनाउने यिनैका पूर्खा हुन्।

हामीले सोचेको थियो माओवादीले हाम्रा पूर्खाको यो इच्छा पूरा गर्नेछ। गणतन्त्र आयो तर लोकतन्त्रलाई हिन्दू कट्ठरपन्थी नश्लवादीहरूले पुन तामाङलाई कमारो बनाउन थालेको छ।

तामाङ जो जहाँ छन् सबैले एक जुट भएर राधिकालाई सहयोग गरौ। उनको कदमलाई हरप्रकारले सहयोग गरौ।

 

Comments

comments

SHARE