१० चैत्र, काभ्रे, तेमाल । तेमाल गाउँपालिकालाई शनिबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरको छ ।

तेमाल गाउपालिका स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितीले एक कार्यक्रमका बीच यस गाउँपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको हो । यस सँगै तेमाल गाउँपालिका जिल्लाकै पहिलो खुल्ला दिशामुक्त क्षेत्र बनेको छ ।

खुल्ला दिशामुक्त गाउँपालिका घोषणा कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख उद्धब केसीले गरेको थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख केसीले जिल्ला कै पहिलो खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएकोमा गाउँपालिकालाई बधाई दिएका छन् । उनले राजधानी नजिकको जिल्ला अझैपनि खुल्ला दिशामुक्त क्षेत्र घोषणा नहुँदा लामार्दो कुरा भएको बताए । यसको लागि आफूले पहल गरिरहेको बताए ।


त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख रामचन्द्र काफ्लेले खुल्ला दिशा मुक्त क्षेत्र क्रमशः सबै स्थानीय तहमा हुने बताए । सकेसम्म चाँडै जिल्लालाई नै खुल्ला दिशामुक्त घोषणा गर्न आफू लागिरहेको उनले बताए । खुल्ला दिशा मुक्त क्षेत्र घोषणा पूर्ण सरसफाई क्षेत्रको अर्थमा नुबझ्न उनले आग्रह गरे । ‘खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न वित्तिकै यसलाई पूर्ण सरसफाईको अर्थमा नबुझौं ।’ काफ्ले भने– ‘यो त सरसफाईको पहिलो खुट्किलो हो । बल्ला शुरु भयो सरसफाई अभियानको ।’


कार्यक्रममा शान्ति जनआदर्श सेव केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, साथसाथै नेदरल्याण्डका प्रतिनिधि पाल्साङ तामाङ, साथसाथै मुन्डी नेदरल्याण्डका अध्यक्ष संग्रामजीत लामा, साथसाथै नेपालका अध्यक्ष मिमबहादुर तामाङ, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सचिव उद्धव पौडेल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना, ग्रामीण बिकास संस्थाका अध्यक्ष डिएन तिमल्सिना लगायतले खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएकोमा शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा तेमाललाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सहयोग गर्ने विभिन्न संघ÷संस्थाहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए ।

यस अघि आईतबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका अध्यक्ष सलामसिं लामाको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका स्तरको खानेपान सरसफाई तथा स्वच्छता समन्वय समिति समेत गठन गठन गरेको थियो ।
यस अघि हालको वडा नं. ६ तथा साविक ठूलोपर्सेल गाविस जिल्ला कै पहिलो खुल्ला दिशा मुक्त गाविसको रुपमा २०६४ सालमै घोषणा भएको थियो ।


तेमाल गाउँपालिकामा ५२ सय घरधुरी रहेकोमा सबै घरधुरीमा शौचालयको पहुँच पुगीसकेकोले खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेको तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले तेमाल अनलाईनलाई जानकारी दिए । मोक्तानका अनुसार यसअघि नै सबै वडा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भईसकेको छ ।

तेमाल गाउँपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएपछि प्रमाणपत्र लिँदै गाउँपालिका अध्यक्ष सलामसिं तामाङले आफ्नो गाउँपालिका भित्र सरसफाईको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।

आ–आफ्नो वडामा कडाइका साथ सरसफाई अभियानलाई अगाडि बढाउन वडा अध्यक्षहरुलाई अध्यक्ष लामाले निर्देशन समेत जारी गरे । कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष दुर्गादेवी तामाङले राखेका थिए ।

 

Comments

comments

SHARE