१० चैत्र, काठमाडौं । तामाङ सञ्चार समूहको ५ आंै राष्ट्रिय महाधिवेशनले विष्णु मोक्तानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।


शनिबार काठमाडौंको अनामनगरस्थित तमु बौद्ध संघको सभाहलमा सम्पन्न समूहको ऐतिहासिक राष्ट्रिय महाधिवेशनले ३१ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत चयन गरेको हो ।

महाधिवेशनले महिला उपाध्यक्षमा लक्ष्मी रुम्बा र पुरुष उपाध्यक्षमा सुवाष योञ्जन, महासचिवमा बुद्ध योञ्जन, सचिवमा पेमा लामा, कोषाध्यक्षमा तीर्थमान वल, खुल्ला केन्द्रीय सदस्यमा महिलातर्फ डोल्मा छिरिङ तामाङ, रोजिना तामाङ, बबिता घिसिङ र पुरुष खुल्लातर्फ लालकुमार मोक्तान, नेत्र तामाङ मोक्तान, सुरेन्द्र तामाङ, स्वतन्त्र तामाङ र सरस्वती तामाङ यसैगरी पदेन सदस्यमासञ्चार समूहका निवर्तमान अध्यक्ष जगत दोङ चयन भएको छ । त्यसैगरी प्रदेश १ मा पुरुषबाट विक्रम तामाङ, विश्वराज तामाङ र महिलामा मालती मोक्तान, प्रदेश २ मा बमबहादुर बमजन, प्रदेश ३ मा पुरुष तर्फ उर्गेन लामा, सुभराज बम्जन, शिशिर दोङ र महिलातर्फ अन्जु दिम्दुङ, दुदुमाया सिङतान चयन भएका छन् ।

कार्याक्रमको उद्घाटन कानूनमन्त्री शेरबहादुर तामाङले गरेका थिए । महाधिवेशनले समूहको नाम संशोधन गरि तामाङ पत्रकार संघ नामाकरण गरिएको छ ।

 

Comments

comments

SHARE