११ चैत्र, काठमाडौं । केही दिन यता प्रदेश ३ का उपसभामुख राधिका तामाङ विभिन्न अनलाईन मिडिया र सामाजिक सञ्जलमा विवादित हुन पुगेकी छन् । मकवानपुरको पदम पोखरीका ३ जना गाईको मासु सेवान गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछिको विकसीत घट्नाक्रममा उपसभामुख तामाङ जोडेर आएपछि उनी विवादमा परेकी हुन् ।

गत हप्ता नेपाल तामाङ घेदुङ केन्द्रीय समितिले ती तीनजनालाई विना सर्त रिहाई गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाउने क्रममा उपसभामुख तामाङ पनि त्यहाँ पुगेकी थिइन् । तर उपसभामुख तामाङको मात्र नाम जोडेर केही अनलाइन मिडियाले ‘गाई काटेरै खान पाउनुपर्छ यसको लागि कानून परिमर्जन’ माग गरेको भनि समाचार सम्प्रेशन भएपछि सामाजिक सञ्जालमा सम्प्रदायिक ढंगले भनाईहरु पोष्ट भएपछि उनी थप विवादमा परेका हुन् ।
यस विषयमा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले स्पष्टीकरण दिएका छन् ।
‘गाइको बिषयमा तीन नम्बर प्रदेशका माननीय उपसभामुख राधिका तामाङ ज्युलाई जोडेर सामाजिक संजालमा धेरैले गलत ढंगबाट लेख्ने र बोल्ने काम गरे । केही अतिवादी समूह सडकमै आएको पनि देखियो ।’ गोलेले भनेका छन्– ‘यो सन्दर्भ उपसभामुख ज्युसँग भन्दा पनि संगठनको हिसाबले नेपाल तामाङ घेदुङसंग सम्बन्धित छ ।’

जब मकवानपुर पदमपोखरिका निर्दोष मान्छेहरु गाई काटेको आरोपमा पक्राउ परेपछि आफूहरुलाई संस्थागत रुपमास्थानिय तहबाट रिहाइको पहल गरिदिन धेरै आग्रहहरु आएपछि रिहाईको पहल गर्न उपसभामुख ज्युदेखी माननीय सांसद ज्युहरुसम्म सवैलाइ गुहारेर गृहमन्त्री बादल समक्ष ज्ञापन पत्र मात्र बुझाएको बताएका छन् आफूहरुले बुझाएको ज्ञापनपत्रमा उपसभामुख तामाङको नैतिक समर्थन गर्दै गृहमन्त्री समक्ष मौखिक आग्रह मा गरेको उल्लेख गरेका छन् ।

घेदुङ अध्यक्ष गोलेले दिएको स्पष्टीकरण:

मकवानपुरको पदमपोखरी घटनाबारे प्रष्टिकरण:

आदरणीय मित्रहरु,

गाइको बिषयमा तीन नम्बर प्रदेशका माननीय उपसभामुख राधिका तामाङ ज्युलाइ जोडेर सामाजिक संजालमा धेरैले गलत ढंगबाट लेख्ने र बोल्ने काम गरे । केही अतिवादी समूह सडकमै आएको पनि देखियो । यो सन्दर्भ उपसभामुख ज्युसंग भन्दापनी संगठनको हिसाबले नेपाल तामाङ घेदुङसंग सम्बन्धित छ ।

जब मकवानपुर पदमपोखरिका निर्दोष मान्छेहरु गाई काटेको आरोपमा पक्राउ पर्यो । संस्थागत रुपमा यो बिषय हामिसंग जोडिएर आयो । स्थानिय तहबाट रिहाइको पहल गरिदिन धेरै आग्रहहरु आए । यसपछि हामी चुप लागेर बस्न सकेनौ । उपसभामुख ज्युदेखी माननीय सांसद ज्युहरुसम्म सवैलाइ गुहार्यौ । गृहमन्त्री ज्युलाइ भेटेर ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम बन्यो र त्यही अनुसार उपसभामुख ज्युको नेतृत्वमा गएका हौ । पेपर डकुमेन्ट हामिले बुझाएका हौ, त्यसमा उपसभामुख ज्युको समर्थन हो र गृहमन्त्री ज्युसमक्ष उहाको मौखिक आग्रह हो ।

हामिले गाई काट्ने कानुन बन्नुपर्छ भन्दापनी गौमाङ्स सेवन गरेको आरोपमा तामाङ लगायत आदिवासी जनजाती र गैर जनजाति समेतलाई पक्राउ गर्ने जुन नेपालको बिध्यमान संबिधानको मूल्य/मान्यता र भावना संग बाझिने कानुन छ । गृहमन्त्री ज्युलाइ हामिले त्यो परिमार्जन हुनुपर्छ र बर्षौदेखिको यो समस्याको लोकतान्त्रिक धर्मनिरपेक्ष मुलुकमा दीर्घकालीन हल गरिनुपर्छ भनेका हौ । पक्राउ परेका तामाङहरुको बिना शर्त रिहाई हुनुपर्छ भनेर अनुरोध गरेका हौ । संबिधानमा हाम्रो थुप्रै असहमति भएपनी संक्रमणकाल अन्त्य होस भन्नाको खातिर स्वीकार गरेका छौ तर मुलुकी एनले गौमांस सेवनलाइ निषेध गर्ने गरि ल्याएको कानूनप्रती हाम्रो पुर्णरुपमा बिरोध छ, रहनेछ ।

यो रिहाइको माग गर्नु समुदायगत संगठनको नाताले घेदुङको कर्तव्य पनि थियो जुन हामिले गर्यौ । माननीय उपसभामुख ज्युले यहि कुरा गर्नु भएको हो ।सामाजिक संजालमा आए जस्तो ढंगबाट उहाले बोल्नु भएको होइन । तर उहाप्रती जुन प्रकारले आक्षेप लगाउने काम भयो । यसप्रती नेतृत्वको हिसावले म दुखी छु र यसको तिब्र निन्दा गर्छु । साथै सामाजिक सद्भाव भड्काउने ढंगबाट यसप्रकारको अभिव्यक्ति नदिन सवैसामु अनुरोध गर्छु ।

कसैको धर्म संस्कृतिसंग जोडिएको वस्तुमाथी केही प्रश्न उठ्दा तपाइहरुलाई जति चित्त दुख्छ त्यो भन्दा बढी हाम्रो मान्छे पक्राउ पर्दा या गोरखामा लाक्पा तामाङ मारिदा चित्त दुखेको छ । जुनसुकै पदमा पुगेपनी तामाङको छोरी भएको हिसावले उपसभामुख ज्युलाइ चित्त दुख्नु स्वभाविक हो । उहामाथि लगाइएको यो आरोप बिगतमा मानवअधिकारवादी नेता पदमरत्न तुलाधरज्युले गाइको मासु खान पाउने सांस्कृतिक अधिकारको कुरा उठाउदा तुलाधरमाथी केही अतिवादीहरुले जुन ढंगबाट आरोप लगायो र गाई आन्दोलन नै गर्यो । यो आरोप त्यो प्रकरण भन्दा भिन्न छैन ।

तसर्थ, यो बेला राजनितिक दलहरु जिम्मेवार हुनुपर्छ । राजनितिक प्रतिशोध साध्ने, सरकारलाई असफल बनाउने, जनतालाई बिभाजित गर्ने अस्त्रको रुपमा यस्तो संबेदनसिल बिषयलाइ प्रयोग गर्नु हुन्न । यसले हामी कसैलाई फाइदा हुन्न । सवैखाले समस्याको समाधान हामिबाटै सम्भव छ । संगठनको नेतृत्वको हिसावले यो घटनाको म जिम्मेवार छु । उपसभामुख ज्युमाथी तल्लो स्तरमा गिरेर गरिने गाली/गलौज बन्द गरियोस ।

साम्प्रदायिक सद्भाव भड्काउने कार्य बन्द गरियोस । सत्ता र शक्ति सधै एउटा बर्ग, जात बिषेशमा सिमित रहने चिज होइन र भोलि त्यो अर्को बर्ग, जातिमा सरेको दिन उसले पनि त्यस्तै प्रतिशोध साध्नु खोज्यो भने के होला ? यसतर्फ हेक्का राख्नु जरुरी छ । हामीमाथी संघिय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने एतिहासिक जिम्मेवारी आएको छ । सवैको पहिचान-सवैको सम्मान बाट मात्रै यो जिम्मेवारी पूरा हुन सम्भव छ ।

सवैको संस्कृतिको सवैले सम्मान गर्न सिकौ । यो युग जंगे राणाले १९१० मा मुलुकी एन जारी गर्दाको अवस्थामा अब रहेन । भाग्यवाद र अलौकिक धर्म/दर्शनबाट निर्देशित कानुनले मुलुकको समृद्धी सम्भव छैन । थुजेछे, फ्याफुल्ला, नमस्ते ।।

मोहन गोले तामाङ
अध्यक्ष
नेपाल तामाङ घेदुङ ।

Comments

comments