-दुध बहादुर लामा

११ चैत्र, दक्षिण कोरिया । तामाङ पत्रकार संघ दक्षिण कोरियाको भेलाले मेघ प्रसाद वाईबालाइै सर्वसम्मत रुपमा अध्यक्षतामा निर्विरोध चयन गरेको छ ।  आईतबार सओलमा भएको भेलाले ११ सदस्यीय कार्यसमिति निर्बिरोध चयन भएको हो ।

संघको कार्य समितिको उपाध्यक्षमा सिमा लामा, सचिवमा अमिर योञ्जन, सह–सचिवमा राजिब घिसिङ र कोषाध्यक्षमा दुध बहादुर लामा रहेका छन् । त्यसैगरी सदस्यहरुमा गोकुल थोकर, किशोर ब्लोन, सुरेश थोकर, बाबु साईला, सन्तलाल घिसिङ र बिमल लामा चयन भएका छन् ।

संघमा विभिन्न सञ्चार माध्यममा कार्यरत साचारकर्मीहरु रहेका छन् । संघले पत्रकारिता क्षेत्रको माध्यामबाट देशको समग्र विकासमा महत्वपूर्ण सहयोगको कार्य गर्ने अध्यक्ष वाईबाले तेमाल अनलाईनलाई बताए ।

Comments

comments