१७ चौत्र, कठमाडौं । तामाङ देवनगरी किबोर्ड एप एक कार्याक्रमका बीच सार्वजनिक भएको छ । उक्त एप पूर्व मन्त्री तथा संघीय सांसद हितबहादुर तामाङले गरेका हुन् ।

तामाङ देवनगरी किबोर्ड भिक्टरलाई कुमार सापकोटाले निर्माण गरेका हुन भने काठमाडौं विश्वविद्यालयका उप प्राध्यापक डा. बालकृष्ण बल, प्रोजेक्ट सुपरभाइजर तथा भाषाविद् अमृत योञ्जन – तामाङ र तामाङ डाजाङका सम्पादक इन्द्र तामाङको सल्लाहमा तयार पारिएको हो ।

पूर्व मन्त्री तामाङले तामाङ किबोर्ड सार्वजानिक गर्दै प्रविधिको दुनियाँमा तामाङ भाषा प्रवेश भएकोमा खुशी ब्यक्त गर्दै यसले तामाङ पहिचान विकासमा थप उर्जा मिल्ने कुरा समेत बताए । साथै भोलिको दिनमा अझै यसलाई प्रभाबकारी बनाउनका लागि शुभकामना पनि ब्यक्त गरे ।

भाषाविद अमृत योञ्जन तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. लभदेव अवस्थी, नेपाल सरकारका पूर्व सचिव धनवहादुर तामाङ, भाषा विज्ञान समाजका अध्यक्ष कमल पौडेल,विश्वविद्यालयका उप प्राध्यापक डा। बालकृष्ण बल लगायतका अतिथिहरू उपस्थित रहेका थिए ।

Comments

comments

SHARE