काठमाडौं, १७ चैत्र । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चौध वर्ष बनबास र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चौध वर्ष जेलबास बसेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

‘मैले यसो हिसाब गरें । प्रधानमन्त्रीज्यू १४ वर्ष जेलबास बस्नुभयो, म चाहिँ १४ वर्ष बनबास बसें । हाम्रो त्यो संघर्ष देशको समृद्धि र विकासका लागि थियो। अब हामीले भाषण होइन, एक्सनमा जानुपर्छ ।’ उनले भने– ‘नेपालका मीडियाले लोकतन्त्रका लागि लडेका छन् । संघर्ष गरेका छन्, अब समृद्धि र आर्थिक विकासका लागि संकल्प गर्नुपर्छ ।’

प्रचण्डले ‘प्रधानमन्त्री र आफूू अग्नि परीक्षामा रहेको पनि स्पष्ट पारे । जनताले आफूहरुको मुद्दालाई विश्वास गरेर अनुमोदन गरे अनुमोदन गरेको उनले बताए । ‘मैले प्रधानमन्त्रीजीलाई पनि त्यही भनेको छु, अब कुरा होइन, काम गरौं ।‘ उनले भने– ‘अहिले प्रधानमन्त्री केपि ओली झण्डै २ तिहाई बहुमत र जनताको अभिमत सहित प्रधानमन्त्री हुनुहुन्छ । लामो समयसम्मको राजनीतिक अस्थीरताको यूग समाप्त गर्ने एउटा अवसर सरकारलाई प्राप्त छ । र यो अवसरको सदुपायोग गर्न सबैले संकल्प गरौँ ।’

अध्यक्ष प्रचण्डले हिँजो नेपालीलाई फुटाउ र राजगर भनेजस्ते, छिमेकीहरुसंगको सम्बन्धलाई सन्तुलिन बनाएर नेपाल राष्ट्र र नेपाली जनताको हितमा त्यसलाई सदुपयोग गर्ने वातावरण बन्न नदिईएकोले अव दुवै छिमेकीबाट लाभ लिने अवसर आएको बताए ।

‘हामीले लामो समयसम्म नेपालमा विदेश नितीको सन्दर्भमा फुटाउ र राजगर भन्याजस्तो कसैलाई प्रो ईण्डियन कसैलाई प्रो चाईनिज, कसैलाई प्रो मोनार्कि कसैलाई प्रो काँग्रेस भनाउने र त्यसरी नै राजनीति गर्ने र कहिल्यै पनि राष्ट्रिय एकता हुन नदिने, छिमेकीहरुसंगको सम्बन्धलाई सन्तुलिन बनाएर नेपालराष्ट्र र नेपाली जनताको हितमा त्यसलाई सदुपयोग गर्ने वातावरण बन्न दिईएन ।’ उनले थपे– ‘अव समय फेरीएको छ । अव नेपाली जनता सार्वभौम भएका छन, अव नेपाली जनतालाई विभाजीत गर्ने होईन नेपाली जनतालाई एकतावद्ध गर्ने राजनीति, अव हामी कसैको प्रो होईन, हामी प्रो नेपाल, प्रो नेपाली र हाम्रा दुवै छिमेकी संग राम्रो छिमेकी सम्बन्ध र विकासका लागि दुवैबाट लाभान्वित हुने मैले त्यो अवसर प्राप्त गरेँ ।’

अध्यक्ष प्रचण्डले हाम्रो अवको विदेशनीति हाम्रो आन्तरीक राष्ट्रिय नीति, राष्ट्रिय एकताको नेपाल र नेपालीको समृद्धिको र सबै छिमेकी र मित्रराष्ट्रसंगको सन्तुलित सम्बन्धका लागि पत्रकारको पनि महत्वपूर्ण भूमिका हुने बताए ।

पत्रकारीताबाट पनि राष्ट्रिय एकता, सुशासन र समृद्धिको यात्रामा सबैलाई जोड्ने कुरामा राज्यको चौँथो अँग भनिएको क्षेत्रबाट सबैभन्दा ठूलो भूमिका खेल्न जरुरी रहेका बताए ।

Comments

comments