१७ चैत्र, बनेपा, काभ्रे । जिल्लामै उत्कृष्ट रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५७ जना विद्यार्थीहरु एक समारोहका बीच पञ्चकन्या बैन्क्वेट बनेपामा दिक्षित भएका छन् ।

कार्यक्रम शैक्षिक प्रतिष्ठानका अध्यक्ष श्री सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक प्रिन्सिपल, अभिभावक, शिक्षक÷शिक्षिकाहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक श्री प्रताप वैद्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै निर्देशक वैद्यले भन्नुभयो, ‘शिक्षा’ मानव जीवनको अपरिहार्यता र जीबनशैली सँग सम्बन्धित रहेकोले समयको माग अनुरुप शिक्षाको संरचना परिवर्तन गर्दे नैतिक, व्यावहारीक शिक्षाका लागी ज्ञानकुञ्ज सदैब लागी रहने बताउनु भयो ।  प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गर्नु भयो । साथै उहाँले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उत्तरोत्तर प्रगति र उज्जवल भविष्यको कामना समेत गर्नुभएको थियो ।

 कार्यक्रममा किन्डरगार्टेन तहमा अध्ययनरत विद्यार्थीभाई बहिनीहरुले दर्जनौ भन्दा बढि बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा दिक्षित भएका विद्यार्थीहरुका अभिभावकहरुले यस्ता प्रकारका समारोहले नानी÷बाबुहरुमा शिक्षण सिकाईमा रुची बढ्नुका साथै व्यक्तित्व बिकासमा समेत वृद्धि भई भविष्यमा असल नागरीक बन्नेमा खुसी व्यक्त गर्दै आगामि दिनहरुमा समेत यस्तै विविध शैक्षिक कृयाक्रलाप सञ्चालन गर्नमा जोड दिए ।

Comments

comments

SHARE