बनेपाको शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा राजु

१९ चैत्र, काभ्रे / किताव कापी बोकेर स्कूल जाने उमेरमा रोशी गाउँ पालिकाका राजु रखाल मगर अस्पताल धाउनु परेको छ । उनी सँगैका साथीहरू परिक्षा दिईरहेका छन् । उनी भने अस्पतालको बेडमा छन् ।

बोनम्यारो जस्तो जटील रोगले सताएपछि राजु स्कुल जानुको सट्टा विभिन्न अस्पताल धाउनु परेको हो । अहिले शिर मेमोरियल अस्पताल बनेपामा उपचारत छन् । अस्पतालमा रिपोटिङको क्रममा भेटिएका बिष्णुबहादुररानाका १३ वर्षिय छोरा राजु रखाल मगरको कुरा सुन्दा समाचार संकलनको लागि अस्पतालमा पुगेका पत्रकारदेखि बेडमा कुरुवा बसेकाको समेत आँखा रसाएर आउछ । उनले भाबुक भएर आँखाको डीलमा आँशुको थोपा टिलविलाउदै भने, म तपाइहरुको साथ र सहयोगले बाच्न पाए ठूलो मान्छे बन्छु र म जस्तै बिरामीको सेवा गर्नेछु । बाँच्न मात्र पाए म सवैको ऋण तीर्ने कोसीस गर्ने थिए भन्दै रुन्चे स्वरमा राजुले भने ।

माहाभारत गाउँपालिमा मामाको घरमा बसेर सम्भेश्वर आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्छन् उनी । उनको पढाई बिचमै रोकीएको छ । उनीसँगै पढेका साथी भाई भन्दा राम्रो पढेर डाक्टर बन्ने सपना थियो उनको । विगतमा कक्षामा देस्रो हुने रखाल भन्छन–‘म बिरामी नभएको भए यसपालि प्रथम हुन्थे बिरामी भयो पढनै सकेन, परिक्षा पनि दिन सकिन । मैले गर्दा बुबा आमालाई दुःख भयो तपाईहरु सबै मिलेर मलाई बचाइदिनुस बाँचे गुन तिरौँला ।’

स्कुलका प्रधानाध्यापक सत्रुधन यादव भन्छन् राजु विद्यालयका जेहेन्दार र मिहेनती विद्यार्थी हो । स्कुलमा सवै साथीहरूबीच मिलेर बस्ने इमान्दार र उत्कृष्ठ विद्यालयमा पर्छ । स्कुलमा साथीभाईसँग रमाईलो गर्न चाहने राजु नहुदा स्कुल नै सुन्ने भएको अनुभव भैरहेको प्रधानाध्यापक यादव बताउछन् ।

विगत ४ महिना देखि १३ बर्षिय छोरा राजु रखाल मगरलाई विभिन्न अस्पताल धाउदा धाउदै रोग पत्ता लगाउनकै लागि घर खेत बन्दकी राखेर खर्च गरेपछि रोग पत्ता लागे पछि उपचारका लागि सहयोग माग्नु परेको बिष्णु बहादुर बताउछन् । रखालाका एक्लो छोरो विरामी हुदा हाल सम्म १० लाख भन्दा बढी खर्च भैसकेको र अब दशौँ लाख भन्दा बढी उपचार खर्च लाग्ने हुनाले सहयोगको अपिल गरेको रखाल बताउछन् । सम्पती भन्दा ठुलो छोरा भएकाले भएको सवै सम्पती छोराको उपचारमा खर्च भैसक्यो । ‘रोगी छोरालाई टुलुटुलु हेरेर बस्न सक्दीन त्यसैले देश विदेशमा रहेका सम्पूर्ण दाजुभाई दिदिबहिनीहरूले सहयोग गरे मेरो छोरा बाच्ने थियो ।’–मलिन हुदै भावुक स्वरमा राजुका बाबु बिष्णुले भने । ‘छोरा मात्र बचाउन पाए ऋण त विस्तारै तिर्ने थिए’ विष्णु बताउछन् ।

विष्णुबहादुरलाई रगतको पिरालो

रोशी गाउँपालिका–४, महादेवटारका ३७ वर्षिय बिष्णुबहादुर रखाल मगरललाई प्राय रगत कसरी जुटाउन भन्ने चिन्ताले सताउँछन् । उनका छोरालाई ४ महिना अघिदेखि बोनम्यारो फेल भई उपचारको लागि ओ पोजेटिभ रगत अभावका कारणले मगरलाई जिल्लाभरि नै रगत नभेटेपछि चिन्ताले सताउन थलोको हो । शिर मेमोरियल अस्पताल बनेपामा उपचार गराई रहेका उनका छोरा राजु रखाल मगरलाई उपचारको लागि बुबा बिष्णुबहादुरले रगतको अभावमा भौतारिन्छन ।

उनले कहिले काठमाण्डौँको बालकुमारी र भक्तपुर क्यान्सर अस्पतालबाट रगत ल्याएर छोराको उपचार गराइरहेका छन् । हप्तामा ४ पाउण्ड रगत फेनु पर्छ । हप्तामा रातो रगत २ पाउण्ड र सेतो रगत २ पाउण्ड पर्नु पर्ने हुन्छ । चाहिने मात्र रगत नपाउँदा समस्या परेका उनलाई एकतिर भनेको बेला रगत नपाउँनु र अर्काेतिर छोराको उपचारको लागि आर्थिक अवस्था कमजोरका कारणले रकम जुटाउन नसक्दा समस्याले थिचिएको छ । उनले मलिनो स्वरमा भने,रोग पत्ता लगाउनका लागि मात्रै विभिन्न अस्पताल चहारेर बल्ल पत्ता लगोको छ डाक्टरले हप्ताको ४ पाउन ब्लडको आबश्यकता पर्छ भन्ने पछि म सधै जसो रगतको खोजीमा भौतारिन बाध्य छु ।

रगत खोज्ने की छोरालाई बचाउने

हिजो आज बिष्णुबहादुरलाई रगतको भन्दा पनि छोराको उपचार कसरी सफल गर्ने भन्ने चिन्ता छ । एक्लो छोरालाई बचाउन पाए सबैको गुन तिर्ने थिए । गरिबीको चपेटामा छटपाईरहेको विष्णुबहादुरको सपना छोरालाई राम्रोसँग उपचार गर्ने र पढाई ठूलो मान्छे बनाउने तर विष्णुबहादुरको मनमा यतिखेरा बज्रपातले छुरा रोपेको छ । न उनको पिडा कसैले देख्छन न त कसैले बुझ्ने कोशिस र बुझाउने कोशिस गर्छ । अखिर पिडामा भौतारिनु बाहेक बिकल्प छैन विष्णुबहादुरसँग । बिहान बेलुका छाक टार्न समेत धौँ–धौँ भएका उनको परिवारमा छोराको उपचारमा समस्या भएपछि अजिंगारको पहाडझै भएको छ । एक पटक रगत ल्याउँदा ६ हजार लाग्छ तर उनीसँग ६ सय रुपैया समेत छैन । छोराको उपचार गर्दा गर्दै सिर सम्पती नै सकेका उनले जसरी भएपनि छोराको उपचार गर्नु पर्ने बताउ छन् ।

Comments

comments